खोजखबर

मालपोत कार्यालयका ना.सू घुस लिँदालिँदै पक्राउ

सौर्य अनलाइन २०७४ मंसिर २८ गते १५:५३ मा प्रकाशित

भक्तपुर, २८ मंसिर । जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा विहिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

मालपोत कार्यालयको जमिनमुनिको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो ।

टोलीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय