खोजखबर

विकास र समृद्धि नै मुख्य लक्ष्य होः नेता रिजाल

सौर्य अनलाइन २०७४ मंसिर २८ गते १२:५० मा प्रकाशित

पथरी, मोरङ, २८ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा. मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय मोरङले विहिबार विराटनगरमा आयोजना गरेको प्रमाणपत्र प्रदान कार्यक्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहेका रिजालले मोरङको २ नं क्षेत्रका जनताले आफूप्रति विश्वास गरेकाले अब विकास र समृद्धिका लागि काम गर्ने बताए ।

उनले भने, “मोरङको २ नं क्षेत्रमा सडक निर्माण, बिजुली बत्तीको समस्या, नदीले कटान गर्दा हुने समस्या छन् ती समस्यालाई मैले हल गर्नुपर्छ ।

मोरङ क्षेत्र नं २ (१) का प्रदेश सांसद शिवनारायण गनगाईंले विकास निर्माण नै मेरो प्राथमिकता हो भने ।त्यस्तै मोरङ क्षेत्र नं २ (२) का प्रदेश सांसद लीलाबल्लभ अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।

उनले समस्या ब्यूँताउनेभन्दा समस्या हल गर्ने तर्फ लाग्ने बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय