उपत्यकाका २५ प्रदेशसभा सदस्यमा वाम गठबन्धन विजयी

काठमाडौँ, २८ मंसिर । प्रदेशसभाअन्तर्गत उपत्यकामा ५ सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ ।

उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी भएको हो ।

१५ निर्वाचन क्षेत्रमा १० निर्वाचन क्षेत्र जितेको वाम गठबन्धनले प्रतिनिधिसभामा भने २५ सिट प्राप्त गरेको छ ।

प्रतिनिधिसभामा काठमाडौँका क्षेत्र नं १, ४, ६ र १० मा काँग्रेस र भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी भएका छन् ।

काठमाडौँमा ४ स्थान र भक्तपुरमा नं १ प्रदेशबाहेक सबै प्रदेशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।ललितपुरमा भने वाम गठबन्धनले एकलौटी जित हासिल गरेको छ ।

त्यहाँ प्रतिनिधिसभा र प्रदेशसभामा अन्य दलले कुनै सिट ल्याउन सकेनन् ।

काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ को १ मा दीपेन्द्र श्रेष्ठ, काठमाडौं, नं ३ को १ मा छिरिङ दोर्जे लामा, काठमाडौँ-४ को १ मा नरोत्तम वैद्य र काठमाडौँ-१० को १ मा पुकार महर्जन तथा भक्तपुर-१ को १ मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइबाहेक सबै सिटमा वाम गठबन्धन विजयी भएको हो ।

प्रतिक्रिया