समानुपातिकमा पनि चितवनमा एमाले पहिलो

चितवन, २७ मंसिर । जिल्लामा भएको समानुपतिकतर्फको मतगणनामा पनि नेकपा एमाले पहिलो स्थानमा रहेको छ । हालसम्म गणना गरिएको ३९ हजार १५६ मतमध्ये एमालेले १३ हजार ९४८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले १२ हजार ७८४ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले सात हजार २७३ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक हजार १९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ भने नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले १३ हजार १९० मत प्राप्त गरेको छ भने एमालेले ११ हजार ९४२ मत प्राप्त गरेको छ ।

यता माओवादी केन्द्रले भने सात हजार ५४८ मत प्राप्त गरेको छ । विवेकशील साझा पार्टीले एक हजार १९८ मत प्राप्त गरेको छ । जिल्लाका तीन क्षेत्र र ६ प्रदेशमा सबै वाम गठबन्धनका उम्मेदवारले प्रत्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया