काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट घरदैलो कार्यक्रमपछि बुधबार आयोजित सभामा उनले जनताले उक्त गठबन्धनप्रति गरेको विश्वास र भरोसालाई कायम राख्ने प्रतिबद्धता जनाए ।
नेता श्रेष्ठले निर्वाचन अगाडि संयुक्त वाम गठबन्धनद्वारा जारी गरिएको चुनावी घोषणापत्र कार्यान्वयन गरिने बताए ।
उनले काठमाडौँ-कलंकी तथा कलंकी-बल्खु खण्डको सडक विस्तारको कार्यले त्यस क्षेत्रका जनतालाई धुवाँ, धुलो, प्रदूषणको समस्या भएकोमा चिन्ता व्यक्त गर्दै उक्त सडक निर्माण कार्यलाई चाँडो पूरा गर्ने विषयलाई प्राथमिकता दिने बताए ।
स्थानीय विकास तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया