लक्ष्मीको नयाँ बचत खाता योजना

काठमाडौं २७ मंसिर । लक्ष्मी बैंक लिमिटेडले नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । ‘लक्षित मुद्दती’ (रिकरिङ डिपोजिट) नामक यस योजना नियमित आम्दानी हुने ग्राहकहरूको लागि मासिक बचतमा उच्चतम व्याज प्राप्त गर्न सकिने विकल्पको रुपमा प्रस्तुत गरिएको बैंकले जनाएको छ ।  यो खातामा ग्राहकहरूले मासिक न्यूनतम पाँच सय रुपैयाँ वा सोभन्दा बढि जम्मा गर्न सक्नेछन् ।

ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि सो रकम हरेक महिना स्वतः लक्षित मुद्दती खातामा जम्मा हुने गर्दछ । एक वर्षदेखि पाँच वर्षसम्मको समयावधि निर्धारण गरी खाता खोल्न सकिन्छ । साथै लक्षित मुद्दती खाता खोल्ने सबै ग्राहकहरूले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

सबै नयाँ तथा पुराना ग्राहकहरूले ‘लक्षित मुद्दती’ को प्रारम्भिक योजना अन्र्तगत वार्षिक ९ प्रतिशतसम्म ब्याज प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया