विश्व

टिभीको ‘प्राइम टाइम’ मा कन्डमको विज्ञापन रोक

सौर्य अनलाइन २०७४ मंसिर २६ गते १३:४५ मा प्रकाशित

नयाँ दिल्ली, २६ मङसिर । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय प्राइम टाइममा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् ।

भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ ।

त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मङ्गलबार दिएको छ ।

भारतका सबै टिभीहरुलाई बिहान र बेलुकाको सो समयमा विज्ञापन गर्न नपाउनेगरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ ।

भारतमा करिब ९०० टेलिभिजन च्यानल छन् । ती टिभीहरुका नाममा सो सूचना जारी गरिएको समाचारमा जनाइएको छ ।

सो समयमा भारतका बालबालिकामात्र नभएर सबैजसो परिवारले नै टिभी हेर्ने र यसरी परिवार सँगै बसेर टिभी हेर्दा अशिष्ट लाग्ने भएकोले त्यस समयमा नभएर अरु नै बेलामात्र विज्ञापन गर्न मन्त्रालयले सूचना जारी गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय