चितवन–३ मा ९,३४१ मतान्तरले दाहाल विजयी

चितवन, २५ मंसिर । चितवन क्षेत्र नं–३ प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका हुन् ।

अध्यक्ष दाहालले लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गरेका हुन् ।

दाहालले ४८ हजार २७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिए । चितवन क्षेत्र नं ३ मा ९३ हजार ८१३ मत खसेको थियो भने तीन हजार ५२० मत बदर भएको थियो ।

प्रतिक्रिया