चितवन क्षेत्र नं २ प्रदेश (१) मा दाहाल विजयी

चितवन, २४ मंसिर । चितवनको क्षेत्र नं २ प्रदेशसभा (१) मा वाम गठबन्धनका उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल २० हजार ३८१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले १५ हजार ६६३ मत प्राप्त गरेका छन् । दाहालले श्रेष्ठलाई चार हजार ७१८ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

प्रतिक्रिया