सिन्धुपाल्चोकमा प्रदेशसभातर्फ वाम गठबन्धन बढी स्थानमा विजयी

चौतारा, २४ मंसिर । सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनमा अधिकांश स्थानमा वाम गठबन्धन विजयी भएका छन् ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको सिन्धुपाल्चोकको क्षेत्र नं १, प्रदेशसभा सदस्य (कं) मा नेकपा एमालेका अरुणप्रसाद नेपालले २१ ह्जार ७१२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुबहादुर खत्रीले १४ हजार ६३३ मत प्राप्त गरे ।

प्रदेशसभा सदस्य (ख) मा एमालेकै सुरेश नेपालले २२ हजार ८३७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै राजेन्द्रकुमार श्रेष्ठले १२ हजार १८७ मत प्राप्त गरे ।

त्यसैगरी क्षेत्र नं २, प्रदेशसभा सदस्य (क) मा नेकपा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ६८७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विकास तामाङले १३ हजार ५२१ मत प्राप्त गरे ।

प्रदेशसभा सदस्य (ख) मा काँग्रेसका निमा लामाले १८ हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दावा तामाङले १८ हजार ७०८ मत प्राप्त गरे ।

प्रतिक्रिया