माओवादी केन्द्रका टोपबहादुरको अग्रता ३ हजारमाथि

काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझील प्रतिनिधिसभाका लागि अर्घाखाँची क्षेत्र नम्बर १ बाट अग्रता लिइरहेका छन् । शनिवार राती १२ बजेबाट त्यहाँ मत गणना सुरु गरिएको थियो ।  माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ९ हजार ७३ मत प्राप्त गरेका छन् ।

कांग्रेसका डा. रामबहादुर विसीले ५ हजार ६ सय २६ मत प्राप्त गरेका छन् । आँखा ९४, हलो २४, भाले १२, तराजु ५३ र स्वतन्त्र उम्मेदवारको २५ मत आएको छ । त्यसअघि मथुरा मावि नेटाको दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भएसँगै मतगणना कार्य ढिला सुरु भएको हो । उक्त केन्द्रमा शनिवार पुन मतदान सम्पन्न भएपछि सर्वदलीय सहमति अनुसार गएराति १२ बजे बाट मत गणना भएको थियो ।

 

प्रतिक्रिया