प्रदेशमा पनि वामकै अग्रता

 

पाँचथर, २४ मङ्सिर । यो २ प्रदेशसभा २ क्षेत्र भएको जिल्ला हो । प्रतिनिधिसभाको मतगणनाले वाम तर्फका उम्मेदवार विजयी बनेका छन् । लगत्तै प्रदेशसभाको मतगणना सुरु भएको छ । सुरुवातीमै वाम गठबन्धनले अग्रता लिन थालेका हुन् ।

प्रदेशसभा सदस्यतर्फ क्षेत्र नं. १ मा वाम गठबन्धनका गणेशकुमार काम्बाङले १ हजार ६ सय ८१ मतका साथ अग्रता हासिल गरेका छन् । काम्बाङले ४ हजार ९ सय ५२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुमार केरुङले ३ हजार २ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर आङवो (मौसम)ले १ सय ५८ मतको अग्रता हासिल गरेका छन् । आङबोले ४ हजार ४ सय ४५ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मदवार सुरेन्द्रकुमार दाहालले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । मतगणना ४ समूहमा भइरहेको छ ।

प्रतिक्रिया