पाँचथरमा एमालेका नेम्वाङ विजयी

पाँचथर, २३ मंसिर । एक मात्र प्रतिनिधि सभा सदस्य सिट रहेको पाँचथरमा एमाले उम्मेदवार बसन्तकुमार नेम्वाङ विजयी भएका छन् । कांग्रेस उम्मेदवार भिष्मराज आङदेम्वेलाई १० हजार बढी मतले पछि पार्दै नेम्वाङ विजयी भएका हुन् ।

पाँचथरमा प्रतिनिधि सभाको मत परिणाम सार्वजनिक भए लगत्तै प्रदेशसभाको मतगणना थालिएको हाम्रा सहकर्मी कृष्ण ओझाले जनाएका छन् । सदरमुकाम फिदिममा विजयी ¥याली भइरहेको बताइएको छ ।

प्रतिक्रिया