बेलायतका प्रधानमन्त्री मे बेल्जियम जादै

लन्डन, २२ मङसिर । बेलायतका प्रधानमन्त्री टिरिजा मे शुक्रबार बेल्जियम जादै छन् । बृटिश अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।

युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जंकरसँग औपचारिक भेटवार्ता गर्नका लागि उनी बेल्जियमको राजधानी ब्रसेल्स पुग्न लागेको अधिकारीहरुले जनाएका छन् ।

बेलायत युरोपेली युनियनबाट निस्किने बारेमा हाल बेलायतले युरोपका विभिन्न नेताहरुसँग परामर्श गरिरहेको छ ।  सोही विषयमा उक्त कमिसनका अध्यक्षसँग आवश्यक छलफल र परामर्शका लागि उनी त्यसतर्फ लागेको बताइएको छ ।

प्रधानमन्त्री मेको कार्यालयले दिएको जानकारीअनुसार बेलायत युरोपेली युनियनबाट बाहिरिने विषयमा आवश्यक छलफलका लागि उनी ब्रसेल्स जान लागेको हुन् ।

बेलायतले युरोपेली युनियनबाट बाहिरिने विषयमा यसअघि नै निर्णय गरीसकेको छ । त्यस बारेमा बेलायतले अब अन्तिम निर्णय गर्नमात्र बाँकी रहेको छ ।

यस विषयमा बेलायतले विश्वका विभिन्न देश र अधिकरीहरुसँग आवश्यक छलफल र परामर्शहरु जारी नै राखेको छ ।

प्रतिक्रिया