नेपाल क्वार्टर फाइनलमा

काठमाडौं २२ मंसिर । नेपाली भेट्रान टेबलटेनिस टोली ११औँ एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा बिहीबार क्वार्टर फाइनलमा प्रवेश गरेको छ । ४० वर्षमाथि उमेरसमूहको पुरुष टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको प्रतियोगिताका प्रतिस्पर्धीका रूपमा समेत सहभागी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीले जनाएका छन् ।

जापानको सिजुओकामा जारी प्रतियोगितामा नेपालले बंगलादेशलाई ३–० ले पराजित ग¥यो । नेपालले क्वार्टर फाइनलमा शुक्रबार हङकङविरुद्ध खेल्नेछ । प्रतियोगितामा शाहीसहित राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्य सहभागी छन् । नेपालले ४० वर्षमाथि उमेरसमूहको सिंगल्स र टिम इभेन्टमा भाग लिएको छ ।

प्रतिक्रिया