कीभ, १५ मङसिर । युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् ।पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय समय अनुसार विहान ११ः२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटन भएका बेला अदालतमा सुनुवाई भइरहेको थियो ।
घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि उनले बताए ।
प्रतिक्रिया