पहिलो चरणको निर्वाचन र सुरक्षाको चुनौती

पहिलो चरणको निर्वाचन र सुरक्षाको चुनौतीपहिलो चरणको निर्वाचन र सुरक्षाको चुनौतीविश्वनाथ खरेलहिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्ने ६ वटा प्रदेशका ३२ जिल्लाको प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ४७ निर्वाचन क्षेत्रमा गत आइतबार पहिलो चरणको मतदान सम्पन्न भएको छ । उक्त चुनावमा ७ सय २ जना उम्मेदवारको भाग्य परीक्षा हुनेछ । २ सय ८२ जना प्रतिनिधिसभा र ४ सय २० जना प्रदेशसभाका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

झन्डै ३२ लाख मतदाताले रहेकोमा करिब ६५ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगको तथ्यांक छ । निर्वाचनका लागि २ हजार ९ सय १९ वटा मतदानस्थल तथा ४ हजार ४ सय ६५ मतदान केन्द्र रहने व्यवस्था मिलाइएको थियो । यसअघि मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी जम्मा ७ सय ५३ पालिकामा निर्वाचन सम्पत्र भइसकेको छ ।  यतिबेला दोस्रो चरणको चुनावको प्रचारप्रसार उत्कर्षमा पुगेको छ ।

ठाउँठाउँमा विस्फोटका कारण एकप्रकारको आतंक र असुरक्षाको स्थिति उत्पत्र गरिए पनि निर्वाचन सम्पत्र हुने कुरामा भने कुनै आशंका छैन । यसर्थ ०७४ साल नेपालीका लागि अविस्मरणीय साल यस अर्थमा हुनेछ कि यति धेरै चुनाव एकै सालभित्र न यसअघि भएको थियो न सायदै पछि होला । यही साल करिब डेढ दशकपछि जनतालाई अधिकार सम्पत्र बनाउने स्थानीय तहको निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पत्र भयो ।

यसबाहेक संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि संविधानमा व्यवस्था भए बमोजिम आगामी ७ माघभित्र सबै तहको चुनाव सम्पत्र गरीसक्नुपर्ने प्रावधानअनुरूप १० मंसिरमा सम्पन्न पहिलो चरणको र २१ मंसिरमा हुन गइरहेको दोस्रा चरणको चुनावले मौसमको प्रतिकूल वातावरणलाई गर्माएका छन् । लोकतन्त्रलाई बलियो बनाउन र संविधानको कार्यान्वयन गर्न हरहालतमा चुनाव सम्पत्र गराउनु लोकतन्त्रमा विश्वास गर्ने सबैको अहं कर्तव्य हो, सायद त्यसैले नेता, कार्यकर्ता तथा जनता यी उच्छृंखल गतिविधि हुँदाहुँदै पनि उत्साहपूर्वक निर्वाचन सम्पत्र गराउन प्रतिबद्ध देखिन्छन् ।

संविधानको कार्यान्वयनको दिशामा एक खुड्किलो अघि सर्ने र मुलुकमा विकास निर्माणले लय समात्ने र आफूले विकासको फल चाख्न पाउने आशा जनताले राखेका छन्, त्यसैले चुनावको दिन जतिजति नजिकिँदै छ जनतामा निर्वाचनप्रति उत्साह र रौनक बढ्दै जानु स्वाभाविकै पनि हो । चुनाव दलहरूको लागि अग्निपरीक्षा र प्रतिष्ठाको विषय पनि हो, त्यसैले सबै दलले यस चुनावलाई जनताको विश्वास जित्ने अवसरका रूपमा लिई जनताका समस्यासँग लड्ने, आफ्नो क्षेत्रलगायत देश विकास गर्ने प्रतिबद्धता गरी अाफू र आफ्नो दललाई अब्बल प्रमाणित गर्न लागिपरेका छन् ।

 राज्यका मालिक त जनता हुन् । त्यसैले त तिनलाई सार्वभौम भनिएको हो । निर्वाचनमार्फत तिनै जनताले आफ्ना प्रतिनिधिलाई शासनको अख्तियारी दिने हो । त्यसैले निर्वाचन भनेको जनादेश प्राप्त गर्ने माध्यम हो । प्रतिनिधिसभा र प्रदेशसभाकाकोे निर्वाचन नजिकिँदै गर्दा सुरक्षा जोखिम बढेको छ । दिनहुँ नेताका गाडीलक्षित विस्फोटका घटना हुन थालेका छन् । चुनावको मुखमा आतंक सिर्जना गर्ने नियतले गरिएका यी सिलसिलेवार घटना निन्दनीय छन् । संविधानमा व्यवस्था भएअनुसारको राजनीतिक पद्धति र प्रणाली संस्थागत हुँदै छ ।

पछिल्ला विस्फोटका घटनाको औपचारिक जिम्मेवारी कसैले नलिए पनि यी घटना मूलतः चुनावको मुखमा भय उत्पत्र गराई यसलाई भाँड्ने नियतबाट अभिप्रेरित छन् । अतः निर्वाचन नै बहिष्कार गर्ने पक्षले पनि जनमतलाई तिरस्कार गर्नु हुँदैन । जनता जनार्दन भत्रुको मूल तात्पर्यलाई कसैले बिर्सनु हुँदैन । निर्वाचनको कसीमा खारिएर मात्रै कुनै पनि दल अब्बल सावित हुन सक्छन् । लामो समयदेखि द्वन्द्व, अभाव, बेरोजगारी, अशिक्षा, गरिबी र पछौटेपन व्याप्त रहेको मुलुकमा थप अन्योल सिर्जना गरी झनै दारुण वस्तुस्थिति सिर्जना गर्न खोज्नु कुनै पनि हालतमा ठीक होइन ।

यसअघि भएको स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेको थियो । मौसमको प्रतिकूलता र उत्पत्र सुरक्षा चुनौतीका कारण चुनाव साह्रै उत्साहजनकचाहिँ बत्र सकेन । वास्तवमा नेपाली जनता स्वभावैले लोकतान्त्रिक चरित्रका छन् । त्यसैले निर्वाचनको केही साताअघिदेखि भएका कतिपय विस्फोट र ध्वंसात्मक गतिविधिको आममतदातामा ठूलो प्रभाव परेन । पहाडी र हिमाली क्षेत्रका जिल्लामा गरिएको पहिलो चरणको निर्वाचनमा मतदाताले भौगोलिक र मौसमी दुवै प्रतिकूलतालाई समेत बेवास्ता गर्दै सहभागिता जनाएका छन् ।

केही मतदान केन्द्र वरपर बम विष्फोट र केहीमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए पनि समग्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पत्र भएको छ । उच्च भूू–भागमा चिसो भएको र विभित्र ठाउँमा बम विष्फोट गराएर त्रास पैmलाउने काम भए पनि मतदाताको सहभागिता उत्साहपूर्ण रहेकाले प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सफल भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदातामध्ये ६५ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

केही छिटफुट घटना भए पनि समग्रमा प्रतिनिधिसभा र प्रदेशसभाको ऐतिहासिक निर्वाचनको पहिलो चरण सफलतापूर्वक सम्पत्र भएको छ । यी दुवै चरणको निर्वाचन र प्रतिनिधिसभा र प्रदेशसभाको गठन भएपछि संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पार हुनेछ । यसर्थ ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये २ वटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ । सम्पूर्ण मुलुक चुनावी उत्सवमा छ ।

चुनावपछि राजनीतिक संत्रमणको अन्त्य हुँदै मुलुकले स्थायित्वसँगै विकास र समृद्धिको बाटो हिँड्ने आमअपेक्षा छ । चुनावको तिथि नजिकिँदै जाँदा थ्रेट बढ्दै छ । यो बेला सरकार र विपक्षी दलहरूबीच एकअर्काको उछितो काढ्नेभन्दा पनि चुनावविरोधी हिंसात्मक गतिविधिविरुद्ध एकै स्वरमा उभिनुपर्छ । शान्तिपूर्ण र भयरहित चुनाव सम्पत्र गर्ने दायित्व सरकारको हो । सरकारले एकपछि अर्को नेतामाथि बम आक्रमण हुँदा त्यसलाई जति गम्भीरता साथ लिइनुपथ्र्यो त्यो लिएको देखिँदैन ।

उसले आफ्ना सुरक्षा तयारीलाई अझ प्रभावकारी परिचालन गर्न आवश्यक छ । हुन त सरकारले प्रहरी, सशस्त्र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना बनाएको छ । चुनावको मुखैमा सर्वसाधारणलाई आतंकित बनाउने थप घटना नहुने सुनिश्चितता सरकार र सुरक्षा निकायले गराउन सक्नुपर्छ । निर्वाचनलाई सफल बनाउन उम्मेदवार, उनीहरू सामेल हुने प्रचारप्रसारका कार्यक्रम र सर्वसाधारण मतदातालाई भरपर्दो सुरक्षा दिन कुनै कसर बाँकी राखिनु हुँदैन ।

सुरक्षा मजबुती गर्दै जुन कुनै सर्तमा चुनाव सम्पत्र गर्नु अहिलेको अनिवार्य सर्त हो । सत्तारूढ वा विपक्षी नेताहरूबीच आरोप÷प्रत्यारोप, भनाभन होइन, लोकतान्त्रिक र स्वस्थ प्रतिस्पर्धा हुनु आवश्यक छ । सुरक्षा चुनौतीको मिलेर सामना गर्दै सरकारलगायत सबै दलहरू चुनावमै केन्द्रित हुनुपर्छ । अतः निर्वाचन बिथोल्न खोज्ने, बुथ कब्जा गर्ने, मतदातालाई डर, त्रासमा पारी मताधिकारबाट वञ्चित गर्न खोज्ने निर्वाचनविरोधी उच्छृंखल तथा अराजक समूहलाई तत्कालै पत्राउ गरी आवश्यक कारबाहीका लागि पूर्वसुरक्षा तयारी मिलाउन निर्देशन दिइएको छ ।

केही दिनयता मुलुकका विभित्र स्थानमा राजनीतिक नेता, कार्यकर्तालाई लक्षित गरी विध्वंशात्मक त्रियाकलाप हुँदै आएको विदितै छ । वाम गठबन्धनका नेता, कार्यकर्ता होऊन् वा लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता कोही पनि विध्वंसात्मक गतिविधिबाट मुक्त छैनन् । ठाउँठाउँमा बम विष्फोट भएका छन् । यसरी ध्वंसात्मक क्रियाकलाप मच्चाई जनसाधारणलाई त्रसित तुल्याउने कुप्रयास कतैबाट भइरहेको देखिन्छ ।बरु प्रतिनिधि तथा प्रदेशसभामा मतदान गर्न जहाँसुकै उत्साह बढ्दो देखिन्छ ।

स्थानीय तहको निर्वाचन सम्पत्र भई जनप्रतिनिधि सक्रिय रहेको बेलामा आमनागरिकमा थप उपलब्धिका लागि चासो, उत्साह र क्रियाशीलता देखिनु स्वाभाविकै हो । अन्त्यमा, स्थानीय निर्वाचनका आधारमा अपेक्षित मतदान नभए पनि ठूला झडप, मानवीय क्षति, बुथ कब्जाका घटनाबेगर यो निर्वाचन सकिएको छ । प्रथम चरणको निर्वाचन सफल हुनुको श्रेय सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगलगायतलाई जान्छ । यसमा निश्चय नै राजनीतिक दलहरूको सुझबुझपूर्ण भूमिका पनि छ । – विश्वनाथ खरेल

प्रतिक्रिया