दलाई लामाको भ्रम र लुम्बिनीको सत्यता

गौतम बुद्धको जन्मलाई लिएर भरतले वेलावेला विवादित अभिव्यक्ति दिने गरेको नौलो कुरा होइन । तर, केही दिन पहिले भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतियन धर्मगुरु दलाई लामाले समेत बुद्ध भारतमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका छन् । उनले भनेका छन् नेपाली मूर्खहरू भएकै कारण बुद्ध नेपालमा जन्मेका हुन् भने पनि बुद्ध नेपालमा नभई विशाल भारतमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका छन् ।

इतिहासलाइ हेर्ने हो भने गौतम बुद्धको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रूपन्देही जिल्लाको लुम्बिनीमा भएको थियो भन्ने कुरामा दुईमत छैन । गौतम बुद्धको जन्म यकिनका साथ भन्न नसकिए पनि ५६३ इसापूर्वदेखि ४८३ इसापूर्व रहेको भन्ने ईतिहासले बताउछ । ‘गौतम बुद्धले भारतमा ज्ञान प्राप्त गरेका हुन, उनको मृत्यु पनि भारतमै भएको हो, बुद्धसँग सम्बन्धित कतिपय पुरातात्विक वस्तुहरू भारतमा पनि छन् त्यो हामी इमान्दारितापूर्वक भन्छौँ,’।

दुःख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म कष्टदायक तपस्या गर्दै हिंडे । भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा बोधगया गया जिल्ला नजीक एउटा सानो सहर छ । भनिन्छ बोधगयामा बोधिवृक्ष मूनी तपस्या गरेरनै गौतम बुद्धलाई ज्ञानको प्राप्ति भएको थियो । भारतको कुशीनगरमा इशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिन नै बुद्धले निर्वाण प्राप्त गरेका थिए । बुद्ध भनिनुअघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।

बुद्धत्त्व प्राप्त गरिसकेपछि वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् गौतम बुद्धले पहिलोपटक भारतको सारनाथमा उपदेश दिएका थिए । यो ठाउँ हाल भारतको बनारस क्षेत्रमा पर्दछ । भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । ईतिहासलाई हेरेर भन्नेहो भने गौतम बुद्धको जन्म नेपालमा भए पनि ज्ञान भारतमै प्राप्त गरेको कुरा सही मान्न सकिन्छ । लामाले भनेझै उन्को जन्मनै भारतमा भएको कुरा स्वीकारयुक्त हुँदैन । बोधित्व र महानिर्वाण प्राप्त गरेको स्थान अहिले भारतभित्र परे पनि भगवान् गौतम बुद्धले अवतार ग्रहण गरेको र पृथ्वीमा पाइला टेकेको माटो अर्थात् सिद्धार्थ गौतमको जन्मभूमि नेपाल हो ।

सार्वभौम नेपाल कपिलवस्तु जिल्लामा पर्ने लुम्बिनी हो । यो अकाट्य सत्य हो, यसमा कुनै विवाद छैन, कुनै मतान्तर छैन तर, पनि छिमेकी राष्ट्र भारतका केही मानिसहरू आफ्नै हृदय भित्रको सत्यतालाई समेत लुकाउँदै र अन्तरात्मालाई ढाँट्दै उनको जन्म भारतमा भएको हो भनेर लेख्न, भन्न र प्रचार गर्न तल्लीन भएका देखिन्छन् । अहिले दलाई लामाले दिएको अभिव्यक्ति पनि एक उदाहरण हो । ‘नेपालको बारेमा गलत प्रवृत्तिको क्रियाकलाप गराउन उकास्ने भारतीय विस्तारवाद र अमेरिकन सामराज्यवाद हुन् ।

एक चीन नीतिको विरोध र तिब्बत चीनबाट स्वतन्त्र हुनुपर्छ भन्ने अभियानमा लागेका लामाले तत्काल झुठो, भ्रामक अभिव्यक्ति सच्याउनुपर्छ’ । चीनले पृथकतावादी मान्ने तिब्बती गुरु दलाई लामाले सन् १९९५ मा चीनबाट भागेपछि भारतमा बस्दै आएका छन् ।  चिनलाई शक्तिाशाली भएको हेर्न नचाहाने मुलुले नेपालबाट चिनमा धार्मिक हमला गर्न सजिलो बाटो खोजेका हुन् । २०७१ सालमा भाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदील नेपालको संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले बुद्ध नेपालमा जन्मेका दोहो¥याएका थिए ।

मोदीले विश्व शान्तिका अग्रदूत बुद्ध नेपालमा जन्मेका बताउँदा संसद्मा सभासद्हरूले ताली बजाएका थिए । त्यतिवेला मोदीले भनेका थिए आगामी नोभेम्बरमा आफू नेपालमा आउदा लुम्बिनीको भ्रमण गर्ने बताए । मोदीले भारतीय पर्यटक मन शान्त बनाउन लुम्बिनीमा आउने बताए । गौतम बुद्धको समयभन्दा करिब २५० बर्ष पछि तात्कालिक विशाल भारतका चक्रवर्ती सम्राट अशोक आँफू स्वयं लुम्बिनी आएर गौतम बुद्ध र कनकमुनी बुद्धको जन्मस्थलमा पूजा गरी, त्यहाँका जनतालाई राज्यलाई दाखिला गर्नुपर्ने किसिम किसिमका कर, शुल्क र राजश्वमा छुट दिएको बुद्धसम्वन्धि ईतिहासमा पढ्न पाइन्छ ।

तैपनि बुद्धको काल्पनिक जन्मभूमिका रूपमा भारतले गर्व गर्नु हास्यास्पद नै मान्न सकिन्छ । केही बर्ष पहिले भारतले आफ्नो भूमिमा बनाएको संग्रहालयको नामै ‘कपिलवस्तु संग्रहालय’ राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभाको चुनावका वेलामा समेत बुद्धको जन्म बिहारमा भएको बताएका थिए । नेपालमा आएका बेला बुद्ध जन्मेको देश भने पनि मोदीले युरोप भ्रमणमा बुद्धबारे विवदास्पद अभिव्यक्ति दिँदै आएका थिए ।

यसैक्रममा भारत सरकारले लुम्बिनी नजिकै आफ्नो भूमिमा धमाधम नक्कली ‘कपिलवस्तु’ बनाएर बुद्ध भारतमा जन्मेको प्रमाणित गर्न खोजेको छ । प्राचीन कपिलवस्तु राज्यको सीमाभन्दा पूर्वतर्फ रूपन्देहीको रोहिणी नदीसम्म थियो भने पश्चिमतर्फ भालुवाङस्थित राप्ती नदीसम्म रहेको थियो । उत्तरतर्फ रूपन्देहीको चुरे इलाकासम्म थियो भने दक्षिणको पावा कुशीनगरसम्म फैलिएको थियो ।

भारतको पिपराहावा नामक स्थान प्राचीन कपिलवस्तु राज्यको सीमा क्षेत्रभित्रै पथ्र्यो । तर, प्राचीन कपिलवस्तुको राजधानी भने नेपालको तिलौराकोटमै रहेको अर्थात बुद्धका बुबाको दरबार पनि नेपालको कपिलवस्तु जिल्लाको तिलौराकोटमै रहेको विभिन्न अध्यनन, अनुसन्धानबाट पुष्टि भइसकेको । ‘सन् १९७५ मा भारतीय पुरातत्वविद केएम श्रीवास्तवले धर्मदुत पत्रिकामा ‘लस्ट सिटी अफ कपिलवस्तु फाउन्ड’ भनेर एक आलेख लेखेका थिए ।

तर, सन् १८९९ भारतकै पुरात्तवविद पीसी मुर्खजीले प्राचीन कपिलवस्तुको राजधानी नेपालको तिलौराकोटमा नै रहेको रिपोर्ट प्रस्तुत गरिसकेका थिए भन्नेकाुरा बुद्धसम्वन्धि पुस्तक र इतिहासमा प्रस्ट लेखिएको छ । तर भारतले अहिले गौतम बुद्धका बुबाको दरबार भारतको सिद्धार्थनगर जिल्लास्थित पिपराहावामा रहेको अर्थात् नक्कली कपिलवस्तु रहेको भन्दै भारत सरकारले लुम्बिनी, तिलौराकोट आउने पर्यटकलाई भ्रममा पार्न खोजेको हो ।

गौतम बुद्धले ज्ञानप्राप्त गरेको बोधगया, प्रथम देशनास्थल सारनाथ र महापरिनिर्वाण स्थल कुशीनगरलगायत बुद्धत्वपछि उनीसँग जोडिएका धेरै स्थानहरू हाल भारतीय क्षेत्रमा रहेको र त्यहाँ बौद्धमार्गीहरू पनि भइरहेकाले ती क्षेत्र वरपर नै लुम्बिनी, कपिलवस्तु र तिलौराकोटको परिकल्पना भए । भारतले गरेको यो योजना जुन धार्मिक, एतिहासिक र पुरातत्विक प्रमाणले सत्य सावित गर्न सक्दैन् । सन् १८३७ तिर जेम्स फिलिपले ब्राम्ही अक्षरबारे जानकारी गराएपछि र सर अलेक्जण्डर कनिङ्घमले चिनियाँ यात्रीको विवरणअनुसार बौद्ध स्थहरूको खोजी गर्न थालेपछि नयाँ पुरातत्विक अध्यायको सुरु भयो ।

नेपालमा ती स्थानहरू धेरै पहिचानबिहीन अवस्थामा रहेको र विदेशीहरूका लागि प्रवेश कडा रहेको राणा शासन भएको कारणले उनीहरूको नेपाल आगमन अनुकूल बन्न सकेको देखिँदैन । अंग्रेजले उपनिवेशको क्रममा सहज बनाइदिएको नेपाल र भारतको सीमा क्षेत्र वरपर नै उनीहरू घुमे । कनिङ्घमले चिनिया यात्रीको नाप विवरणलाई अनुशरण गरे पनि हाल भारतले दाबी गरेको भारतीय क्षेत्र नेपालको कपिलवस्तुुको सीमासम्म भने आइपुगे । त्यो क्षेत्र प्राचीन कपिलबस्तुको क्षेत्र हो । त्यहाँ एक बिहारको भग्नावशेष बाहेक अरू कुरा भेटिएको छैन ।

संसारलाई थाह छ, ‘कपिलवस्तु’ गौतम वुद्धको जन्मस्थल हो, जुन नेपालमा पर्छ । ‘कपिलवस्तु’ नेपालका ७५ जिल्लामध्ये एक भएकाले यो नेपालको आफ्नै ब्रान्ड पनि हो । तर दलै लामाले यस्तो भर्म प्रचार गर्नु मूर्खता पुर्ण मानिन्छ । बुद्धले अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे । बोधगया भन्ने ठाउँमा एक वृक्षमुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्बोधि प्राप्त भयो र उनी सम्यक सम्बुद्ध मानिए ।

त्यसपछि ४५ वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउँ पुगी दुःख निवारणसम्बन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे भन्नेकुरा गौतम बुद्धसम्बन्धी लेखिएका पुस्तकमा समेत पढ्न पाईन्छ । सन् १८९६ डिसेम्बर १ मा लुम्बिनीको शिलास्तम्भ बुद्ध जन्मस्मारक अशोक स्तम्भ हो भन्ने पहिचान भयो । जहाँ अशोकले हिद बुद्ध जाते अर्थात् यहाँ बुद्ध शाक्यमुनीको जन्म भएको भनी लेखेको सार्वजनिक भयो ।

यही स्थानबाट चिनियाँ यात्रीहरूको विवरण, श्रीलंकाली साहित्यिक सूत्रलगायतका बौद्ध तीर्थयात्रीको वर्णन समेतलाई आधार मान्दै जाँदा तिलौराकोट लगायत कपिलवस्तु क्षेत्र र हालको नवलपरासी सम्मको नेपाल भूमिमा रहेका पूर्ववत सबै स्थानहरू गौतमबुद्ध र उनीसँग जोडिएका छन् । त्यसबारे कुनै भ्रम छैन । दलाई लामाले भनेजस्तो गौतम बुद्धको जन्म विसाल भारतमा भएको कुरा कही कतै पुष्टीगर्न सकेको छैन । यो भारतले नेपाल आउने बुद्ध धर्मालम्बी विदेसि पर्यटकलाई रोक्नु र बुद्ध भारतमा जन्मेको भ्रम फैलाउन खोजेको हो । जसअनुसार दलाई लामा प्रयोग गरिएको मान्न सकिन्छ ।

 

प्रतिक्रिया