चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई, २६ कात्तिक । चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुगेको समाचार छ ।

यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उनी चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुगेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ ।

यसअघि उनी दुई वर्षअघि औपचारिक भ्रमणका क्रममा भियतनाम पुगेका थिए । यस पटक पनि उनी सोही देशको डा. नाङ् सहरमा एपेकको सम्मेलनका लागि गएका थिए ।

उनी त्यहाँबाट औपचारिक भ्रमणका लागि आइतबार राजधानी हनोई पुगेको प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहेका राष्ट्रपति सिले हनोइमा रहँदा त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव एनग्युन फु त्रोनसँग भेटवार्ता गर्नेछन् ।

उनले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा कुराकानी गर्ने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया