भियतनाम, २४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार भियतनामा पुगेका छन् ।
भियतनामको डनाङ्मा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्स् बिमान अवतरण गरेको थियो । उनलाई सो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।
भियतनाममा आयोजना भएको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन, (एपिइसी) को सम्मेलनमा सहभागिताका लागि उनी यहाँ आएका हुन् ।
उनले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि उनी एसिया भ्रमणका क्रममा चीनमा थिए । उनी शुक्रबारै चीनबाट भियतनाम पुगेका हुन् । उनले चीनमा छँदा राष्ट्रपति चिनफिङसँग भेटवार्ता गरेका थिए ।
उनी दुवै जना शुक्रबारै भियतनाम पुगेका हुन् । सो सम्मेलनमा विश्वका नेताहरुले पनि सम्बोधन गर्नेछन् । चिनियाँ राष्ट्रपति सि चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतले पनि सो सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले एपेक सम्मेलनका क्रममा भियतनाम पुगेका राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने कार्यक्रम नरहेको स्पष्ट गरेको छ ।
शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा ह्वाइट हाउसले भनेको छ– अमेरिकी राष्ट्रपतिको कार्यतालिकामा रुसी राष्ट्रपतिलाई भेट्ने कुनै कार्यक्रम छैन, त्यसैले उनीहरुबीच भेट हुँदैन ।
अमेरिकी राष्ट्रपति ट्रम्प भियतनाममा अवतरण गर्नुभन्दा केही मिनेनमात्र अघि ह्वाइट हाउसले सो जानकारी दिएको हो । एपेकको सम्मेलनमा सहभागी हुन रुसी राष्ट्रपति पुटिन पनि भियतनाम पुगेका छन् ।
उनीहरुबीच सो सम्मेलनमा भेटवार्ता हुने कार्यक्रम भनी समाचार आएको थियो । सो समाचारको खण्डनगर्दै ह्वाइट हाउसले उक्त भेटघाटको कार्यक्रम नरहेको स्पष्ट गरेको प्राप्त समाचारमा जनाइएको छ ।
प्रतिक्रिया