अफगानिस्तान, २३ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ई सरिफ सहरमा अवस्थित एक होटेलमा बिहीबार भएको एक बम विस्फोटनमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।
स्थानीय समयाअनुसार बिहीबार बिहान ७ बजे आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी अन्य दुई जना घाइते भएको नाम नबताउने शर्तमा सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
हामीलाई प्राप्त जानकारी अनुसार एक जना आक्रमणकारी र अरु तीन जना सर्वसाधारणको मृत्यु भएको छ, दुई जना घाइते भएका छन्, ती अधिकारीले भने ।
उनले त्यस बाहेक अरु विस्तृत विवरण आउन बाँकी रहेको र थप विवरणको खोजीमा सेना र प्रहरीको संयुक्त टोली लागेको स्थानीय सञ्चारलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया