बेरुत, २१ कात्तिक । लेबनानमा रहेका सिरियाली शरणार्थीका लागि आवश्यक रुपमा सघाउन संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ । राष्ट्रसंघीय एकजना उच्च अधिकारीले मङ्गलबार सो आग्रह गरेका हुन् ।
लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि फिलिप लजारिनीले सो आग्रह गरेका हुन् ।
उनले भने, “लेवनान सिरियाली शरणर्थीका लागि एउटा असल आतिथ्यता प्रदान गर्ने मुलुक हो तर यो सिरियाली शरणार्थीलाई नागरिकता प्रदान गर्न सक्ने मुलुक होइन । त्यसैले शरणार्थीको भविष्यका लागि लेवनानलाई सघाउनु पर्दछ उनले भने ।
उनले भने, सिरियाली संकटपछि लेवनानमा सिरियाली बोझ धान्न हामीले राष्ट्रसंघको सहयोगलाई बढाएका थियौँ । अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायले लेवनानी सरकारलाई सहयोग गर्दै आएको छ र लेवनानी बासिन्दाको रोजगारीको व्यवस्था र शरणार्थीको सुरक्षित गर्न सकिएको छ ।
लेबनानमा सिरियाका एकलाख भन्दा बढी नागरिक शरणार्थीका रुपमा रहेका छन् । उनीहरुलाई घर फर्काउनका लागि बृहत राजनीतिक सहमति हुनु जरुरी छ । अधिकारीहरु भन्छन्– जुन कुरा अहिलेका लागि लेबनानमा यो सम्भव छैन ।
अबको तयारी शरणार्थीलाई सुरक्षित रुपमा सिरिया पठाउने हुने पनि उनले बताए । शरणार्थीलाई लेवनानमा लामो समय व्यवस्था गर्न सम्भव नरहेको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया