पछिल्लो समयमा धितोपत्र बजारमा पुँजी वृद्धिको असर देखिएको छ । पुँजी वृद्धिको असरसँगै नेपालको धितोपत्र बजार खस्किएको छ । मुलुकका टप भनिने बैंकहरूको पनि सेयर मूल्य घट्दै गएको देखिन्छ । पुँजी बढाएको कारणले धेरैजसो कम्पनीहरूको प्रतिसेयर आम्दानी घट्दो अवस्थामा छ । यसकारणले सेयर बजारमा अन्योलता उत्पन्न भएको छ । एकातिर कम्पनीहरूको प्रतिसेयर आम्दानी घट्दो छ भने अर्कोतर्फ लगानिकर्ताहरूले राम्रो प्रतिफल पाउन सक्ने अवस्था देखिँदैन । बैंक तथा वित्त कम्पनीहरूले पुँजी बढाए अनुसारको आम्दानी नाफा बढाउन नसकेका कारण यसको असर सेयर बजारमा देखापरेको हो ।
अहिलेको समय भनेको विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्ने समय हो । कतिपय कम्पनीहरूले लाभांश पनि घोषणा गरिसकेका छन् । यी कम्पनीहरूको लाभांश गत वर्षभन्दा कम देखिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई ०७४ असारसम्ममा आ–आफ्नो चुक्ता पुँजी लगभग चार गुणाले बढाउन निर्देशन दिएपछि यसले धितोपत्र बजारमा प्रभाव पारेको हो । ०७१÷७२ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरूलाई ८ अर्ब, विकास बैंकहरूलाई २ सय ५० करोड र फाइनान्स कम्पनीहरूलाई ८० करोड पुँजी पु¥याउनपर्ने निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले दिएको समयावधि सकिइसकेको छ । तर पनि धेरैजसो बैंक तथा वित्त कम्पनीहरूले राष्ट्र बैंकले तोकेबमोजिमको पुँजी पु¥याउन सकिरहेका छैनन् । यसका लागि कतिपय कम्पनीहरू कसरत गरिरहेका छन् । बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धिले सेयर बजारमा समेत प्रभाव पारेको छ । सेयर बजारमा उतारचढाव आएको छ । नेप्से उकालो लागेर १ हजार ८ सय ८१ अंकसम्म पुग्यो भने ओरालो लागेर १ हजार २ सय ९२ अंकसम्म झ¥यो । २ बर्ष भित्र आफ्नो चुक्ता पँुजी लगभग चार गुणाले बढाउनु भनेको बैंक तथा बित्तिय संस्थाका लागि निकै ठूलो चुनौति थियो ।
यो चूनौति सामाना गर्न बैंक तथा वित्त कम्पनीहरूले गाभ्ने ÷गाभिने निति अबलम्बन गरे । उनीहरूले ३–४ सय प्रतिशतले हकप्रद सेयरहरू जारि गरे । यसले पनि नेप्सेमा निकै ठूलो प्रभाब पा¥यो । हकप्रद सेयरलाइ उचालेर सेयरहरूको अस्वभाबिक रूपमा सेयरको मुल्य बढाइयो । हकप्रद सेयर पाउने आशले कतिपयले महँगोमा सेयर किने । यसरी महंगोमा सेयर किन्नेहरू अहिले नोक्सानि व्यहोर्न वाध्य छन् । बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धि नीतिले धेरैजसो लगानीकर्ताहरू दोहोरो मारमा परिरहेका छन् ।
उनीहरूले एकातिर हकप्रद सेयर पाउने आसले महँगोमा सेयर किने भने अर्कातर्फ हकप्रद सेयर भर्नको लागि पुँजीको समेत जोहो गर्नुप¥यो । ‘दुःख पाइस् मंगले आप्mनै ढंगले’ भनेजस्तै भयो उनीहरूलाई । साना तथा नवप्रवेशी लगानीकर्ता ठूलो मारमा परेका छन् । पछिल्लो समयमा नेप्से घट्ने क्रममा थियो भन्ने कुरा नवप्रवेशीहरूले बुझेनन् । यतिवेला सबैजसो बैंक तथा वित्त कम्पनीहरूको सेयर घटेको अवस्थामा छ । टपटेनमा रहेका बैंकको सेयर मूल्यमा समेत भारी गिरावट आएको छ । त्यस्तै, हकप्रद सेयरले गर्दा सेयर बजारमा सेयरहरूको बाढी नै आएको छ भन्दा पनि फरक नपर्ला ।
बैंक तथा वित्त कम्पनीहरूले पुँजी बढाउनैपर्ने भएकोले बोनस सेयर र हकप्रद सेयर जारी गरेका कारणले पनि सेयर बजारमा सेयरको आपूर्ति बढेको हो । मागभन्दा आपूर्ति धेरै भएका कारण नेप्से घटेको हो । बैंक तथा वित्त कम्पनीहरूले ०७४÷७५ को पहिलो त्रेमासिक प्रतिवेदन प्रकाशित गरिसकेका सबैजसो बैंक तथा वित्त कम्पनीहरूको प्रतिसेयर आम्दानि पुँजी वृद्धिकै कारण घटेको देखिन्छ । कम्पनीहरूको प्रतिसेयर आम्दानी घटेका कारण सेयर धनीहरूले लाभांश पनि कम पाउने सम्भावना छ । पुँजी वृद्धिको अनुपातमा आम्दानी बढाउन नसकेकोले कम्पनीहरूको प्रतिसेयर आम्दानी घटेको हो ।
यसबाट पनि लगानीकर्ताहरू नै नोक्सानिमा छन् । लगानीकर्ताहरूले आफ्नो लगानी अनुसारको प्रतिफल पाउन नसक्ने अवस्थामा छ । त्यसो त कतिपय कम्पनीहरूले गत वर्षभन्दा आफ्नो आम्दानी बढाएका पनि छन् । तर, पनि पुँजी बढेको अनुपातलाई त्यो आम्दानीले भेट्टाउन सकेको छैन । इपिएस घटेपछि सेयरधनीहरूले कम लाभांश पाउनु स्वाभाविकै हो । गत वर्ष २७ प्रतिशत बोनस दिएको एनआइसी एसिया बैंकले यस वर्ष २० प्रतिशत मात्र बोनस सेयर दिएको छ । यसैगरी, गत वर्ष ३२ प्रतिशत बोनस सेयर दिएको एनबी बैंकले यस वर्ष १२ प्रतिशत बोनस सेयर र ३ दशमलव ७९ नगद लाभांश दिने भएको छ ।
गत वर्ष ३३ प्रतिशत बोनस सेयर दिएको सनराइज बैंकले यसपालि १५ प्रतिशत मात्र बोनस सेयर दिने भएका छ । गत वर्ष २७ प्रतिशत बोनस सेयर दिएको नेपाल एसबिआईले यस वर्ष १५ प्रतिशत मात्र बोनस सेयर दिने भएको छ । यो अवस्था पुँजी वृद्धिको कारणले नै उत्पन्न भएको हो । राष्ट्र बैंकको कम समयमा चार गुणाले पुँजी बढाउनपर्ने अदुरदर्शी नीतिले गर्दा साना तथा नवप्रवेशी लगानीकर्ताहरू धेरैजसो मारमा परेका हुन् । पुँजी बढाउनको लागि बैंक तथा वित्त कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरे भने अर्काेतर्फ कम्पनीहरू मर्जर र एक्विजिसनतिर पनि लागे ।
मर्जर प्रक्रियामा रहेका कम्पनीहरूको सेयर कारोबार धितो पत्र बजारमा नहुने भएकोले लगानिकर्ताहरूको लगानि समेत ब्लक भयो । एकातिर लगानिकर्ताहरूको लगनि ब्लक भयो भने अर्काे तर्फ हकप्रद सेयर भर्नको लागि पँुजीको समेत जोहो गर्नुप¥यो । हकप्रद सेयर नभरेर बुक क्लोज हुनभन्दा पहिले सेयर बिक्री गर्ने लगानीकर्ताहरू पनि थुप्रै हुन्छन् । मर्जर एक्जिविससनले गर्दा यिनीहरूले आफ्नो सेयर बिक्री गर्न पाएनन् । उनीहरू हकप्रद सेयर भर्न बाध्य भए । अर्कोतर्फ मर्जर र एक्जिविसनले कम्पनीहरूबीच हुने स्वाप रेसियोले पनि लगानीकर्ताहरूले घाटा व्यहोर्नुपरिरहेको छ ।
त्यसो त मर्जर प्रक्रिया लम्बिँदा पनि लगानीकर्ताहरू घाटामा पर्ने गरेका छन् । उदाहरणका लागि मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया सुरु भएको १० महिना बितिसक्दा पनि यसको टुंगां लागेको छैन । प्राथमिक सेयरका लगानिकर्ताहरूले स्वाप रेसियोका कारणले घाटा खान नपरे पनि दोस्रो बजारका लगानीकर्ता भने स्वाप रेसियोका कारणले पनि घाटा हुने गरेका छन् । आर्थिक वर्ष ०७३÷०७४ सकिइसकेको छ । यसका साथै बैंक तथा वित्त कम्पनीहरूको पुँजी बढाउने समय पनि सकिइसकेको छ । बैंक तथा वित्त कम्पनीहरूले ०७३÷७४ को वासलात प्रतिवेदनमा पुँजी पुगेको देखाउन पर्नेछ तर पनि कतिपय कम्पनीहरूले पँुजी पु¥याउन सकिरहेका छैनन् ।
कतिपय कम्पनीहरूले पुँजी पु¥याउनका लागि अहिले पनि धमाधम हकप्रद सेयर जारी गर्ने गरिरहेका छन् भने अर्काेतर्फ बैंक तथा वित्त कम्पनीहरूले लाभांश घोषणा गर्ने सिजनमा पनि सबैजसो समूहका सेयरहरूको मूल्यमा भारी गिरावट आइसकेको छ । यसको कारण भनेको प्रतिसेयर आम्दानी घटेकाले हो । बैंक तथा वित्त कम्पनीहरूको पुँजी बढाउनु राम्रो हो । विश्वास वृद्धिका लागि पुँजी बढाउन पनि पर्ने हुन्छ । तर, यसका लागि हतार गर्नुहुन्न । क्रमिक र योजनाबद्ध रूपमा बैंक तथा वित्त कम्पनीहरूको आवश्यकताअनुसार पुँजी वृद्धि गरिनुपर्छ । आवश्यक भएको समयमा बैंक तथा वित्त कम्पनीहरूले आफैँ बढाइहाल्छन् । राष्ट्र बैंकले यति पनि न बुझ्न नसकेको हो वा बुझ पचाएको हो वा बैंक तथा वित्त कम्पनीहरूलाइ पेल्ने नीति लिएको हो स्पष्ट हुन सकेको छैन ।
पुँजी बढे कम्पनीहरू बलिया हुन्छन्, कम्पनीहरूले ठूला ठूला आयोजनामा लगानी गर्न सक्छन् भनेर नेपाल राष्ट्र बैंकका गभर्नरले भन्ने गरेका थिए । गभर्नर साहेबले देखिहाले होलान् अहिले बंैक तथा वित्त कम्पनीहरूको अवस्था । हतारमा ल्याइएको यो नीतिले बैंक तथा वित्त कम्पनीहरू कत्तिका बलिया भए, कम्पनीहरूले कत्तिको प्रगति गरे र कत्तिको नाफा कमाए धितोपत्र बजारको अवस्था कस्तो भयो ? भन्ने समीक्षा राष्ट्र बैंकले गर्नुपर्छ । बैंक तथा वित्त कम्पनीहरू चल्ने भनेको आफ्नो पुँजीले भन्दा पनि निक्षेपले हो ।
पहिलो त्रैमासिक प्रतिवेदन प्रकिशित गरेका अधिकांश कम्पनीहरूको प्रतिसेयर आम्दानी घटेका कारण कतिपय लगानीकर्ता निराश र हतोत्साही पनि देखिएका छन् । हुन त यो पहिलो त्रैमासिक विवरण मात्र हो वार्षिक विवरण भने होइन । यसबाट लगानिकर्ताहरू त्यति निराश हुनुपर्ने अवस्था भने छैन । तर, लगानीकर्ताहरू सचेत भने हुनै पर्दछ । सेयर खरिद गर्नुअघि राम्रा कम्पनीहरू छनोट गर्न सक्नुपर्छ ।
प्रतिक्रिया