काठमाडौं, २० कात्तिक । अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा गोली चल्दा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीले प्राथना गरिरहेकाहरुलाई लक्षित गरेर गोली चलाएको बीबीसीले जनाएको छ ।
गोली लागेर २६ जनाको मृत्यु भएको छ । स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार स्थानीय समयअनुसार साढे ११ बजे गोली चलेको थियो ।यसमा कैयौं व्यक्ति हताहत भएको बताइएको छ ।
टेक्सासको इतिहासमा यो सबैभन्दा ठूलो नरसंहार हो । मृत्यु हुनेको उमेर ५ वर्षदेखि ७२ वर्षसम्मका रहेका छन् । टेक्सास राज्यका गभर्नरले यसलाई राज्यकै ठूलो नरसंहार भनेका छन् ।
बन्दुकधारीको पनि मृत्यु भएको बताइएको छ । एकजना प्रत्यक्षदर्शीका अनुसार २० राउण्ड गोली चलाइएको थियो । गोली चलाएर भाग्दै गरेका संदिग्ध व्यक्तिको मृत्यु आफैंले गोली चलाएर हो वा प्रहरीले चलाएको गोलीले मृत्यु भएको भन्नेबारेमा ऐकिन भएको छैन ।
प्रतिक्रिया