डीभी बन्द गर्ने ट्रम्पको प्रस्ताव

काठमाडौं, १६ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी बन्द गर्ने प्रस्ताव गरेका छन् । अमेरिकाको न्युयोर्कमा भएको ट्रक आक्रमणमा संलग्न व्यक्ति डीभीमार्फत अमेरिका पुगेको आशंकामा उनको प्रस्ताव आएको थियो ।

आक्रमणकारी सैफुल्लो साइपोव सन् २०१० मा डीभीमार्फत अमेरिका पुगेको बताइएको छ । ट्रम्पले डीभी बन्द गरेर यसको सट्टा योग्यताको आधारमा एक अलग व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया