केन्यामा निर्वाचन हुन बाँकी भएका ठाउँमा पनि चाँडै निर्वाचन गर्ने तयारी

नैरोबी, १३ कात्तिक । केन्याको निर्वाचन बोर्डले निर्वाचन हुन बाँकी भएको ठाउँमा चाँडै निर्वाचन गर्नेबारेमा निर्णय हुने अपेक्षा गरेको छ ।

निर्वाचन बहिष्कार गरेको विपक्षी दलहरुले नियन्त्रणमा लिएका ठाउँहरुमा तत्काल निर्वाचन गराउन वा राष्ट्रपति उहुरु केन्याटालाई विजयी भएको घोषणा गर्न पनि दबाब परेको छ ।

तर विपक्षी दलका नेता राईला ओडिङ्गका समर्थकहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध प्रदर्शन गरेका छन् । ओडिङगाले बहिष्कार गरेकाले केन्याटा जबर्जस्त विजयी हुने सुनिश्चित रहेको छ ।

सात दिनदेखि भइरहेको विरोध प्रदर्शनका क्रममा नौ जनाको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा घाइते भएका छन् । यसअघि पहिलो पटक गत अगस्ट ८ तारिखमा भएको राष्ट्रपतीय निर्वाचनदेखि अहिलेसम्म निर्वाचनका क्रममा ४९ जनाको निधन भएको छ ।

पछिल्लो राष्ट्रपतीय निर्वाचनका कारण केन्यामा राजनीतिक ध्रुवीकरण बढ्दै गइरहेको छ भने राजनीतिक संकट पनि लम्बिने देखिएको छ ।

प्रतिक्रिया