तालिवान लडाकूको आक्रमणमा अफगानिस्तानमा १३ प्रहरीको मृत्यु, एक बेपत्ता

कुन्दुज, १२ कात्तिक । अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् । सुरक्षा चेकपोष्टमा आइतबार एक पछि अर्को गरी भएको लडाकूहरुको आक्रमण अर्का एक जना प्रहरी हराइरहेको पनि अफगानीस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

‘तेह्र जनाभन्दा बढी सुरक्षाकर्मी तालिवान लडाकूहरको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार विहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए,’ जिल्ला प्रमुख हायातुल्लाह अमिरीले भने ।

प्रतिक्रिया