मोगादिसु, १२ कात्तिक । सोमालियाको राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार भएको बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।घटनामा परी अन्य ३० जना घाइते भएको प्रहरी अधिकारीलाई उदृत गर्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
लगातार गोली हानाहान भएपछि घाइतेलाई सुरक्षाकर्मीले चाँडोभन्दा चाँडो उद्धार गरेका थिए । अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफुहरुले गराएको भन्दै जिम्मेवारी लिएको छ । उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन् ।
मोगादिसुको अति व्यस्त सहरमा ट्रक बम विस्फोटन भएर ३५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को विस्फोटनको घटना भएको हो । सोमालियाको राजधानी मोगादिसुमा सो विस्फोटनबाट अहिले सम्मकै धेरै क्षती पुर्याएको बताएको छ ।
सो घटनामा अल शबाबको हात रहेको सोमालिया सरकारले बताउँदै आएको छ । शनिबार भएका दुई विस्फोटनमध्ये एउटा विस्फोटन भएको केही समयपछि अर्को विस्फोटन भएको थियो ।
प्रतिक्रिया