क्यानबेर्रा, १० कात्तिक । अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहन अयोग्य ठहरिएका छन् । उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहन अयोग्य ठहर गरेको हो ।
अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुन् । उनीहरुसँग दोहोरो नागरिकता रहेकाले उनीहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो ।
अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ । जोयसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिएका हुन् ।
उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका थिए । जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मीएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मीएका हुन् रोबर्टस् भारतमा जन्मीएका थिए ।
त्यस्तै वेल्स र उनको बुवाको जन्म क्यानडामा भएको हो । उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ ।
प्रतिक्रिया