इन्डोनेसियाको पटका कारखानामा आगलागीहुँदा ३० को मृत्यु, ५० घाइते

indonesia-fireworks-factory-fire-kills-27जकार्ता, इन्डोनेसिया, ९ काक्तिक । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ ।

सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४६ जना घाइते भएका छन् ।”

मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् ।

ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताए ।

प्रतिक्रिया