क्लर्क, फिलिपिन्स, ६ कात्तिक । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन् ।
उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै उनले सो धारणा राखेका हुन् । उनले यो हप्ता एसियाको भ्रमण गर्दै छन् ।
उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरुसँग कुराकानी गर्ने उनले बताए ।
फिलिपिन्समा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली रक्षामन्त्रीहरुको बैठकका लागि अमेरिकी रक्षामन्त्री म्याटिस फिलिपिन्स जादै छन् ।
उनले सो बैठकमा दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरुसँग पनि छुट्टाछुट्टै वार्ता गर्दै छन् ।
उत्तर कोरियाको यस आणविक कार्यक्रमका कारण बढ्दो सुरक्षा चुनौतीका बीच यस क्षेत्रको सेनालाई कसरी सतर्क राख्ने तथा उत्तर कोरियाका बिरुद्धमा के कसरी लड्ने भन्ने बारेमा सो बैठकमा छलफल हुने जानकारी पनि उनले दिए ।
प्रतिक्रिया