अङकरा, टर्की, १ कात्तिक । टर्कीको दक्षिणी प्रान्त सिरनाकमा भएको खानी भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
खानीमा अन्य केही जना फसेका सूचनाका आधारमा खानीमा उद्धारका लागि सुरक्षाकर्मीलाई पठाइसकिएको अङ्कराका सरकारी अधिकारीले जनाएका छन् ।
एक जना घाइते कामदारलाई उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको, अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया