स्वतन्त्रताको माग फिर्ता लिन अल्टिमेटम

45428B0000000578-0-image-a-23_1507816705899म्याड्रिड १ कात्तिक । स्पेन सरकारले क्याटालोनियाका पृथकतावादी नेताहरूलाई उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्नुपर्ने मागको बारेमा पुनर्विचार गर्न वा फिर्ता लिन ३ दिनको समय दिएको छ ।  स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि क्याटालोनियाका पृथकतावादी नेतालाई यो समयसीमा र चेतावनीका बारेमा जानकारी गराइएको छ । अहिलेको स्वतन्त्रतासम्बन्धी यो माग अवैध भएको पनि स्पेन सरकारको भनाइ छ ।

मंगलबारको मन्त्रिपरिषद्को उक्त बैठकपछि सरकारले स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएसँग वार्ता गर्न आउन वा आफूले स्वतन्त्रतासम्बन्धी यसअघिको माग परित्याग गरी वैधानिक बाटोमा अएको घोषणा गर्न क्याटालोनियन नेताका नाममा सार्वजनिक सूचना जारी गरिएको छ । यसअघि क्याटेलोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन भनी गत हप्ता पृथकतावादी नेता एवं क्याटालिन राज्य सरकारलाई प्रश्न गरिएको थियो । तर, सो प्रश्नको जवाफ स्पष्ट रूपमा आउन नसकेको क्याटालोनियाका विदेशमन्त्री आल्फोनस दास्तिसले जानकारी दिएका थिए ।

45428DAE00000578-0-image-a-24_1507816730997

स्पेन सरकारले ५ दिनको समय राखेर उक्त प्रश्न गरेको थियो । सो म्याद सोमबार सकिएको थियो ।  क्याटालेनियाको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको बताएको थियो । सोही सूचनाको आधारमा स्पेन सरकारले सो प्रश्न गरेको हो । तर, क्याटालोनियाको स्वतन्त्रताका लागि आन्दोलन जारी राखेका पृथकतावादी नेताले कुनै स्पष्ट जवाफ दिन नसकेको विदेशमन्त्रीले जानकारी दिएका छन् ।

हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरूले आन्दोलनको घोषणासमेत गरेका छन् । सो जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो । तर, स्पेन सरकारले भने उक्त जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएको छ । स्पेन सरकारले क्याटालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ । उक्त जनमत संग्रहलाई विवादास्पद मानिएको छ ।

युरोपेली युनियनलगायत विश्व समुदायले पनि उक्त जनमत संग्रहको वैधानिकतामाथि प्रश्न गरेका छन् ।पुज्दमोन क्याटालोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा छन् । सो निर्वाचनपछि यहाँका नेताहरूले लगत्तै एकतर्फी रूपमा क्याटलोनियाको स्वतन्त्रताको घोषणा गर्ने प्रयास अघि बढाएका थिए । तर, स्पेन सरकार र विदेशी समुदायको दबाबका कारण त्यसो हुन भने सकिरहेको छैन । स्पेन सरकारले मंगलबार जारी गरेको सार्वजनिक आह्वानमा उक्त जनमत संग्रहको माग अवैध भएकोले सो माग परित्याग गरी बिहीबार बिहानसम्ममा वैधानिक बाटो अंगाल्न र सो अवैध माग छोड्न भनिएको छ ।

प्रतिक्रिया