साउदीले प्रतिरक्षा प्रणाली खरिद गर्ने

_mediaitem98178778साउदी । अमेरिकी सरकारले थाड भनिने आधुनिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘टर्मिनल हाई एल्टिच्युड एरिया डिफेन्स’ साउदी अरबलाई बेच्ने सम्झौता अनुमोदन गरेको छ । १५ अर्ब डलर बराबरको उक्त सम्झौताले अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीतिसम्बन्धी स्वार्थको प्रवद्र्धन गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उसले अरब क्षेत्रमा इरानबाट हुन सक्ने सुरक्षा खतराको सामना गर्न पनि त्यसबाट सघाउ पुग्ने बताएको छ । साउदी अरेबियाले रुससँग हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको एक दिनपछि अमेरिकाले आफूसँगको सम्झौतालाई अनुमोदन गरेको हो ।

सुरक्षासम्बन्धी पेन्टागनको एउटा निकायले सो सम्झौताले अरब क्षेत्रमा सैन्य सन्तुलनलाई असर नपार्ने जनाएको छ । उत्तर कोरियाको सम्भावित क्षेप्यास्त्र आक्रमणबाट जोगाउन दक्षिण कोरियामा हाल थाड प्रणाली राखिएको छ । तर, धेरै दक्षिण कोरियालीहरूले त्यसको विरोध गर्दै आएका छन् । उक्त प्रणालीलाई उत्तर कोरियाले निशाना बनाउन सक्ने र त्यसबाट सो क्षेत्रनजिकै बस्ने मानिसहरूको ज्यान जोखिममा पर्न सक्ने उनीहरूमा डर छ । चीनले पनि क्षेत्रीय सुरक्षा सन्तुलन बिग्रिन सक्ने भन्दै उक्त प्रणालीको विरोध गर्दै आएको छ ।

–यसले सानो तथा मध्यम दूरीका क्षेप्यास्त्रलाई उडानको अन्तिम अवस्थामा खसाल्छ ।
–हानेर मारिहाल्ने प्रविधिको प्रयोग हुन्छ जहाँ काइनेटिक ऊर्जाले युद्ध शीर्षलाई ध्वस्त पार्छ ।
–२ सय किलोमिटर दूरीसम्म क्षेप्यास्त्रलाई रोक्न सक्छ र १ सय ५० किलोमिटर उचाइसम्म पुग्न सक्छ ।
–उत्तर कोरियाको सम्भावित आक्रमणलाई मध्यमनजर गर्दै अमेरिकाले हालै गुआम टापु र हवाईमा उक्त प्रणाली राखेको थियो ।
–एउटा अमेरिकी कम्पनीले थाडको विकास गरेको हो ।

प्रतिक्रिया