दैनिक २ हजार शरणार्थी बंगलादेश पस्छन्

IMG_1432
जेनेभा । म्यानमारबाट अहिले पनि दैनिक दुई हजार म्यानमारका शरणार्थी बंगलादेश प्रवेश गरिरहेका छन् ।  म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको बंगलादेशको कोक्स बजार हुँदै उनीहरू बंगलादेश प्रवेश गर्ने गरेका अन्तर्राष्ट्रिय आप्रवासी संगठनले शुक्रबार जानकारी दिएको छ ।  संगठनका प्रवक्ता जोएल मिलम्यानले गत अगस्तदेखि म्यानमारका शरणार्थी बंगलादेशमा प्रवेश गर्नेगरेकोमा अहिलेसम्म झन्डै पाँच लाख १५ हजार जना म्यानमारका शरणार्थीहरू बंगलादेशमा छिरिसकेका छन् ।

बंगलादेशको सरकारले म्यानमारका शरणार्थीलाई झन्डै एक हजार एकर्ड क्षेत्रफल रहेको जमिनमा राखेको थिए भने, गत सेप्टेम्बर १४ बाट अर्को इलाकामा अरू दुई हजार एकर्ड क्षेत्रफल उनीलाई राख्न मिल्ने बनाइएको छ । अहिले बंगलादेशले झन्डै सात लाख शरणार्थीलाई आश्रय दिन लागेकाले यो विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हुन सक्ने बताइएको छ । शरणार्थीहरूमध्ये झन्डै २ लाख १८ हजार जनालाई यसअघि तत्काल पोषण खाद्य पदार्थ आवश्यकता थियो ।

सो खाद्य पदार्थको आवश्यकता भएमध्ये पाँच वर्ष मुनिका बालबालिकाको संख्या मात्रै झन्डै १ लाख ४५ हजार रहेको छ । साथै हजारौँ गर्भवती र सुत्केरी महिलालाई पनि पोषणको अत्यावश्यकता देखिएको मिलम्यानले जानकारी दिए ।  अन्तर्राष्ट्रिय आप्रवासी संगठनले ती शरणार्थीहरूका लागि झन्डै ३ लाख १० हजार लिटर सफा पानी वितरण गरेको छ । तर, त्यो पानी उनीहरूका लागि ‘समुद्रमा एक थोपा पानी’ जस्तो मात्रै भएको मिलम्यानले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया