भोपाल २० असोज । महात्मा गान्धीको १ सय ४८ सौं जन्मतिथिमा उनको हत्यासंग जोडिएका कतिपय विषयमा प्रश्नहरू उठिरहेका छन् । उनलाई मार्न कुन पेस्तोलको प्रयोग भएको थियो ? वास्तवमा कति गोली चलेका थिए ? के अर्को सुटर पनि त्याहाँ थिए ? हतियारको रहश्य मध्यप्रदेशको ग्वालियर तिर सोझिन्छ । भारतीय सञ्चार माध्यमका अनुसार टाइम्स अझ इन्डियासंग १९४८ को प्रहरी कागजातकोप्रति रहेको छ । यी कागजातबाट थाहा पाउन सकिन्छ की ग्यालियरका डा. दत्तात्रेय परचुरेले यो हतियार उपलब्ध गराएका थिए । जसबाट नाथुराम गोडसेले तीन गोली चलाएका थिए । परचुरेसंग दोश्रो पेस्तोल पनि थियो । जसको रजिष्ट्रेशननं. ७१९७९१ थियो ।
आश्चर्यजनक कुरा यो छ की यस्तै अन्य पेस्तोल त्यही समय ग्वालियरका उदय चंदसंग पनि थियो । जुन पेस्तोलबाट महात्मा गान्धीको हत्या भयो, त्यसको रजिष्ट्रेशननं. ६०६८२४ थियो । जब परचुरेले गोड्सेलाई यो पेस्तोल दिए, उनले अर्को पेस्तोल दिन मानेनन् । गान्धी हत्यापछि दुवै पेस्तोल जफ्त गरिएको थियो । एउटा घटनास्थलमै भेटिएको थियो भने अर्को परचुरेको घरबाट बरामद गरिएको थियो । टाइम्स अफ इन्डियासंग १५ फेब्रुअरी १९४८ मा ग्वालियर स्टेटका एसपीको हस्ताक्षर भएको कागजात छ, जसमा लेखिएको छ –‘परचुरे र उदय चंदसंग एउटै सिरियल नंम्वरको पेस्तोल थियो ।’ यस विषयमा कुरा गर्न परचुरेका छोराले इन्कार गरेको नवभारत टाइम्सले लेखेको छ ।
अब आफूलाई सवारकरको समर्थक वताउने डा. पंकज फडनिसले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराउँदै गान्धीमाथि चार गोली चलाइएको र चौथो गालीले उनको ज्यान गएको उल्लेख गरेका छन् । उनले निवेदनमा तीन गोली मात्र चलेको भन्ने विषयमा प्रश्न उठाएका छन् । यसअघि पनि फडनिसले गान्धी हत्याको फाइल पुनः खोल्न निवेदन दिएका थिए तर, अदालतले दरपीठ गरिदिएको थियो । गान्धी हत्याको पुनः अनुसन्धानको माँग गर्दै उनले दावी गरेका छन् –संसारभरीका अधिकांश पत्र–पत्रिकाले गान्धीमाथि चार गोली चलाइएको कुरा लेखेका छन् । चौथो गोलीको रहश्य अहिलेसम्म सुल्झिएको छैन । गान्धीको मृत्युको समय उनको साथमा रहेका मनुबेनको डायरीको हवाला दिंदै फडनिसले उल्लेख गरेका छन् ‘ लगभग १ वजे बापूलाई वाथरुम लगियो । सबै मान्छे रोइरहेका थिए ।
बापूको धोती र सल पुरै रगतले लतपतिएका थिए । एउटा गोली कपडा छेडेर निश्किएको थियो ।’ फडनिस जान्न चाहन्छन् यो चौथो गोली कसले चलायो र कहाँबाट आयो । उनको निवेदनमाथि ६ अक्टुबरमा सुनुवाई हुँदै छ । गोलीका विषयमा गाँठाहरूको कमी छैन, यो रहश्य एकपटक फेरि ग्वालियर तिर जान्छ । गान्धी हत्या घटना पुनरावलोकन गर्न दिइएको निवेदनकासाथ ६ अक्टुवर १९४८ मा लेखिएको एक पत्र पनि छ । त्यो पत्र दिल्ली क्षेत्रका तत्कालिन आइजीले इष्ट बंगालका साइन्टिफिक ल्याव डाइरेक्टरलाई लेखेका थिए ।
आइजीले पत्रमा लेखेका छन् ‘जुन बुलेट भेटिएको छ, त्यो बरामद पैस्तोलसंग म्याच खान्छ कि खाँदैन ?’ आइजीलाई ल्यावको जवाफ छ ‘गोडसेबाट बरामद गरिएको पेस्तोलसंग बुलेट म्याच गरेको छ ।’ प्रश्न यो उठ्छ कि प्रहरीले किन दोश्रो पेस्तोलको जाँच गर्ने महसुश गरेन ? फडनिसले यस कुरामा पनि प्रश्न उठाएका छन् कि बेलायती दूतावासका उपकाउन्सिलर हार्बर्ट रेनरलाई यो घटनामा किन साक्षी बनाइएन ? जबकी गोली चलेपछि गोडसेलाई समात्ने र उसको हातबाट हतियार खोस्ने उनै रेनर थिए । फडनिस जान्न चाहन्छन् –के हत्यासंग गान्धीको पाकिस्तान यात्राको कुनै सम्वन्ध छ ?
प्रतिक्रिया