टोकियो, १३ असोज ।ः जापानी प्रधानमन्त्रीले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गरेको समाचार छ ।
उनले यहाँको प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्काे मिति पनि ताकेका छन् । प्राप्त जानकारी अनुसार जापानको अर्काे निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरिएको छ ।
उनले बिहीबारै साँझ आह्वान गरिएको संसद बैठकलगत्तै उक्त सदन बिघटन गरेका हुन् । उनले संसद बिघटन गर्नसक्ने चर्चा यसअघि नै चलिरहेको थियो ।
बिहीबारको सो बैठकमा सभामुखले संसद बिघटनको सूचनाको बारेमा पनि पढेर सुनाउने कार्यक्रम रहेको थियो । तर सो सभाको बैठक विपक्षी दलहरुले भने बहिस्कार गरेका थिए ।
जापानी प्रतिपक्षीहरुले प्रधानमन्त्रीको सो कदमको बिरोध गरिरहेका छन् । उनीहरुले समय पुग्नुअगावै प्रधानमन्त्रीले संसद बिघटन गर्नुपर्नाको कारण पनि माग गरेका छन् ।
संसद बिघटनको बारेमा प्रधानमन्त्रीले विपक्षीलाई थाहा नदिएको तथा आवश्यक मात्रामा परामर्श पनि नगरेको आरोप विपक्षीहरुको छ ।
उनीहरुले प्रधानमन्त्रीले संसद बिघटन अघि कुनै नीतिगत जानकारीको बारेमा संसदलाई सम्बोधन नगरेको, संसदीय बहस सञ्चालन नगरेको तथा आवश्यक कुनै परामर्शका साथै पत्रकार सम्मेलन पनि आयोजना नगरेको भनी आलोचना गरेका छन् ।
विपक्षीहरुले आवश्यक मात्रामा विपक्षी राजनीतिक दलहरुले पनि निर्वाचको तयारीका लागि समय पनि नरहेको र यसका लागि प्रधानमन्त्रीले पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लगाएका छन् ।
प्रतिक्रिया