अष्ट्रेलियाभन्दा विकासका दृष्टिकोणले नेपाल किन धेरै पछि ?

balaram chaulagain copy

अष्ट्रेलिया को सिड्नी स्थित ओलङ्गङ्ग विश्वबिद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी छोरी भवानी चौलागाँईको दिक्षान्त समारोहमा भाग लिन २०७३÷७÷१० मा त्यहा पाईला टेक्दा देखिनै म भित्र कता कता अनौठो आउन थाल्यो । बिश्व मानचित्रमा विन्दु समान सानो र अबिकशित नेपालको पनि पिछडिएको जिल्लामा पर्ने सिन्धुपाल्चौकको भोटेचौर गा.बि.स.मा जन्मे हुर्केको मान्छे म,अष्ट्रेलिया जस्तो बिकशित र मानवअधिकारको प्रत्याभूति भएको देशमा आउदाको कौतुहलता म शब्दमा ब्यक्त गर्न सत्तिन ।

नेपाल सरकारको स्वास्थ्य सेवा विभागको सेवामा कार्यरत रहदा मुलुकका प्रायजसो जिल्लाहरुमा पुगेर त्यहाँका दीनहिन जनताहरुको गाउँ घरमा पुगेर उहाँहरुको सेवा गर्दाको अनुभवका आधारमा त्यहाका जनसमस्याको बारेमा मलाई पूर्ण ज्ञान छ। अभाव र संकटजन्य अवस्थामा रहेका दूर दराजका जनताहरुको समस्याहरुसँग परिचित भएकोले होला नेपालमा विद्यमान कहाली लाग्दो गरीवि, पछौटेपन,राजनैतिक बेथिति जस्ता समस्याहरु र अष्ट्रेलियाको बिकास र सेवा सुविधा सँगै प्रविधि युक्त जीवन पद्धति अँगालेका समुदायको बीचको शब्दमा ब्यत्त गरिनसक्नु अन्तर देख्दा साँच्चीकै नै म मा एक प्रकारको कुण्ठा जागेर आएको छ ।

कहाँको नेपाल र कहाँको अष्ट्रेलिया तुलना गर्न सकिदैन । जोलोछाक खान र एक झुम्रो लगाउन समेत धौ पर्ने बहुसंख्यक नेपालीहरुका बारेमा न राजतन्त्रले ध्यान दियो न त प्रजातन्त्र हुदै गणतन्त्र आउदासम्म चर्का चर्का भाषण गर्ने तथाकथित क्रान्तिकारीधारका परिवर्तनकारी राजनैतिक नेता भनाउँदाहरुले नै सोचे । परापूर्वकाल देिखनै अस्तित्वमा रहेको देश नेपालको अवस्था र करीब तीन सय बर्षकोे इतिहाँस सँगालेको मुलुक अष्ट्रेलियाको उन्नति हेर्दा मत छाँगाबाट खसे समान भएँ । अझै बेलायतको राजसँस्थालाइ मान्दै आएको अष्ट्रेलियामा सन् १७७८ तिर त्यतैबाट खेदिएर पठाईएका केही कैदीहरुको समुहले खेलेको भूमिका कारण यो मुलुक आज यति माथि पुग्नु,हामी चाहि अझै बिकाश निर्माणका हिसाबले बाँमेसर्न पनि नसक्नुमा दोषी को हो त ?

नेपाली जनता कि नेपाली नेतृत्व ?अष्ट्रेलियाको भौतिक उन्नति हेर्दा मलाई लाग्यो हाम्रो मुलुकलाई यो अबस्थामा ल्याउन त हामीले हजार बर्षमा पनि सक्दैनौ । त्यहाका लगनशील नेता तथा कार्यकर्ता एवम् चुस्त, पारदर्शी र सुशासनका कारण याहाको चौतर्फी बिकास सम्भब भएको हो । दुई तीनसय बर्षको ईतिहास बोकेको यो मुलुकले यति ठूलो प्रगति गर्नु,,सुरुदेखि हालसम्म कहिल्यै पराधिन नरहेको मुलुक नेपाल चाहि अझै अन्धकारमै रहनुको दोष राणाकाल, प्रजातन्त्र, पञ्चायतकाल,बहुदलीय ब्यवस्था र गणतन्त्र सम्मका नेतृत्वहरुमा जान्छ । पूर्व–पश्चिम राजमागको निर्मार्ण ,२०२१ को क्रान्तिकारी भूमिसुधार जस्ता केही जनमानसमा दीर्घकालिन असर पर्ने काम नभएका होइनन् ।राजाको कार्यकालमा राष्ट्रियताको जग राम्रोसँग बसेको थियो ।

अहिले त्यो जग खल्बलिएर रािष्ट्र«यतामै प्रश्नचिन्ह खडा हुन पुगेको छ । बिगतमा के भयो के भएन त्यतातिर लाग्नुभन्दा पनि २०४६साल पछिको समयाबधिमा देशले कतिपायो कतिपाएन भन्नेतर्फ लाग्नु श्रेयष्कर हुन्छ । ठुला ठुला भाषण गरेर आकाश पाताल हल्लाउने तथाकथित नेताहरुको देश बनाउने सोच राम्रो हुदो हो त आज मुलुकले केही न केही गति लिइ सकेको हुन्थ्यो । दलका नेताहरुले ब्यत्तिगत र दलगत स्वार्थलाई प्रधान्यता दिएका कारण यो दुर्दशा निम्ताएको हो ।

नेपालभन्दा भूगोलका हिसाबले ५३ गुणा ठूलो अष्ट्रेलियामा छ गोटा प्रान्तहरु कायम् गरिएका छन् तर कहि नभएको जात्रा हाँडी गाँउमा भनेको जस्तो नेपालमा सात गोटा प्रदेश कायम गरेर जनता जनताबीच पर्खाल कायम गर्नुका अतिरित्त अनाबश्यक आर्थिक भारले नेपालीलाई पछि पार्ने जमर्को गरिदै छ‘बोकाको के जाति जत्राे मुलुकलाई चिरा चिरा पारेर बिखण्डनको तानाबुना रच्ने नकाबधारी राष्ट्रघाती फटाहरुलाई ठेगान नलगाउन्जेल नेपालले बिकाशको गति लिन र शान्तिको सास फेर्न सक्दैन। नेपालमा राजनीति गर्ने बहानामा धेरै छदम्भेषी कुख्यात राष्ट्रघातीहरु घुसेका छन ।

तिनीहरुलाई नचिनेर उनीहरुकै पछि दगुर्ने हामी पनि राम्रा मान्छे होइनौ । हामी आफै सही गलत मानिस छुट्याउन सक्दैनौ भने हामीले दुःख नपाए कस्ले पाउदछ त ?केही पश्चिमा मुलुकहरुको खेताला बनेर आएमा ठूला भनिएका दलका तथाकथित नेता भनाउँदाहरुले बिदेशीहरुको ईशारामा हाम्रा पुराना मुल्य मान्यतामा आधारित धर्म, संकृति, रीतिरिवाज आदिलाई पाखा लगाएर रमिते बनिरहेका छन । एक दिन यस्तो आउँदे छ कि यो क्रम चल्दै गयो भने हामी अस्तित्वबिहिन अबस्थामा पुग्न बेर लाग्दैन । बिभिन्न खाले प्राकृतिक सम्पदाले भरिर्पूण नेपालमा राजनैतिक ब्यबस्था राम्रो हुँदो हो त अहिले निक्कै माथि पुगिसकेका हुने थियौ । तर,हामीले भोट हालेर पठाएकाभनाउँदाहरुले गैह्र जिम्मेवार भूमिका निभाए पछि देशको उन्नति हुने कुरै भएन ।

पुरानो रजनैतिक प्रणालीमा आधारि राजतन्त्रात्मक प्रणालीले काम गरेन भनेर गणतन्त्र ल्याए पछि हामी सबै जातजातीलाई देश भाग बण्डा लाएर बाइशे चौबिशे राज्यको झझल्को दिने कोशिश गर्र्दै छन । बिकाश गर्नका लागि गणतन्त्रनै चाहिने रहेनछ भन्ने बुझ्न अष्ट्रेलिया आए प्रष्ट हुन्छ ।बेलायतको राजसँस्थालाई अझै मान्दै आएको यो मुलुकमा राष्ट्रपति उपराष्ट्रपति जस्ता अनुत्पादक र बेकामका राष्ट्रधाटक पद धारणा गर्ने भोका उडुसहरुलाई पाल्नु पर्ने बाध्यता छैन । नेपालका पूर्व राष्ट्रपति रामबरणलाई भर्खरै ठूलो धनराशि खर्र्चेर उपचार गराउनु परेको थियो । अब कुनै दिन उहाँको पातलो सिगान आउदछ र पुनः राज्यले खर्चको खोलो बगाउन पर्दछ । त्यस्तै बर्तमान राष्ट्रपतिले कतिबर्ष काम चलाउने हुन र त्यसपछि उहा निबृत भएपछि कति बर्ष औषधौपचार गर्नु पर्ने हो, कति बर्ष आवास सुबिधा लगायतका खर्चको खोलो बगाउन पर्ने हो !

त्यस्तै च्याउझै उम्रेका दलहरुको ब्यबस्थापन, उनीहरुलाई दिनु पर्ने अनुदान रकम्ले गर्दा पनि हाम्रो अर्थतन्त्रमा नकारात्मक असर पर्दछ ।  अष्ट्रेलियाको दाजोमा नेपाललाई पु¥याउन नसके पनि कम्से कम् एसियाको पुछारतिरै भएपनि नेपाललाई लैजान २०४७ को सम्बिधानलाई कायम गरी राजतन्त्रलाई बेलायत्को जस्तो आलँकारिक बनाएर दुई दलीय ब्यबस्थाको सूत्रपात नगर्ने हो भने हाम्रो मुलुकले उभो गति लिन सक्दैन । हामी नेताहरुले काम गरेनन् भन्छौ बाहिरी राष्ट्रमा यति बिकास भयो हामी पछि प¥यौ भन्छौ । त्यो ठीक होईन किनभने पहिले जनता त्यस्पछिमात्र नेता हुन्छ भन्ने कुरा हामीले भल्नु हुन्न नेता छान्ने बेलामा होस पु¥याउन सकिएन भने पछि पछुताएर के गर्नु ? दलगत नीति, नेताको कार्यतत्परता कुशलता आदि कुरामा भोट हाल्नु पहिलेनै ध्यान पु¥याउनु पदर्छ । नेपालको राजनीति धेरै धमिलिई सकेको छ, यस्लाई सँगाल्न अर्को शिराबाट जानु पर्दछ ।

यस्का लागि बर्तमानमा जरा गाढेर बसेका तथाकथित नेता भनाउँदाहरुलाई पाखा लगाउनु अनिबार्य छ ।यो त भयो राजनैतिक चर्चा अब म अष्ट्रेलियामा दिक्षान्त समारोहमा भागलिन आउँदाको प्रसँगतर्फ पाठकवर्गको ध्यान केन्द्रीत गर्न चाहन्छु । मेरो बुझाईमाअष्ट्रेलियाको पढाई ब्याबहारिक र स्तरीय त छ तर अन्तराष्ट्रिय बिद्यार्थीहरुका लागि भने यहाको शिक्षा अति महङ्गो देखिन्छ । नेपाल लगायतका तेस्रो मुलुकबाट अध्ययनका लागि शैक्षिक अध्ययनको अस्थायी प्रवेशआज्ञा लिएर आउँने बिद्यार्थीहरुले यहाका स्थायी बसोबास हुनेहरु(पीआर) र नागरिकता हुनेहरुको दाँजोमा अति धेरै शुल्क तिर्नु पर्ने हुँदा ढाडै सेकिने गर्दछ ।
अतः नेपाल वा अन्य त्यस्तै मुलुकका अविभाबकहरुले अष्ट्रेलियामा आफ्ना छोरा छोरीहरुलाई अध्ययनमा पठाउँनु पहिले एक पटक सोच्नै पर्दछ । सम्पन्नशाली परिवारबाट अध्ययनको लागि मात्र आउनेहरुको लागी भने राम्रो नै छ ।

नेपालको परिपेक्षमा यहाँ पढ्ने उद्धेश्यले भन्दा पनि पढ्ने वहनामा कमाउने उद्धेश्यले आउनेहरुको संख्या अधिक रहेको छ । विद्यार्थी भिसामा पढ्न आउदा सकभर कम शुल्क भएका विश्व विद्यालयहरु, कलेजहरु तथा बिषयहरुमा आउदा राम्रो हुने रहेछ । यहाँको नियम अनुसार विद्यार्थीले हप्तामा २० घण्टा मात्र काम गर्न पाउने हुदा विद्यार्थी एक्लैले कोठा भाडा, यातयात खर्च, खाना खर्च देखी अध्ययन शुल्क जुटाउन अति नै कठीन हुने रहेछ । विद्यार्थी एक्लैले सवै खर्च जुटाउनको लागि अवैधानीक तवरले काम गर्नुपर्ने बाध्यता पनि हुन्छ । त्यसैले यहाँ पढ्न आउनेहरुले एक्लै आउनु भन्दा विवाह गरेर श्रीमान श्रीमती दुवै जना आउदा राम्रो हुने रहेछ ।

दुई जना भएको खण्डमा एक जनाले पुर्णरुपमा काम गर्न पाईने र कमाई पनी हुने भएकोले सकभर एक्लै भन्दा दाम्पतीहरु सगै आएमा धेरै नै उत्तम हुने रहेछ । त्यस्तै यहा पढ्न आउँने बिद्यार्थीले आफ्नो जीवन साथीलाई आश्रित प्रवेशाज्ञामा ल्याएको खण्डमा पढाई खर्च जुटाउन सजिलो हुन्छ ।

प्रतिक्रिया