एचआइभी संक्रमित बढ्दै

hivपोखरा, ७ असोज । कास्की जिल्लामा एचआइभी संक्रमितको संख्या बढेको देखिएको छ । आव २०७३/७४ को अन्त्यसम्ममा एचआइभी संक्रमित दुई हजार २०० पुगेका छन् ।

उनीहरुले अहिले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत नानीबाबु ढकालले जानकारी दिए ।

अघिल्लो आवमा संक्रमित दुई हजार थिए । एचआइभी संक्रमितका क्षेत्रमा काम गर्दै आएको कम्युनिटी सपोर्ट गु्रपका अनुसार आजसम्म यहाँ एड्सबाट ४१ जनाको मृत्यु भएकामध्ये चार जना कास्कीका छन् ।

जिल्लामा अवैध यौन सम्बन्धभन्दा सुइबाट लागूऔषध प्रयोगकर्तामा एचआइभी संक्रमण बढ्दै गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया