विराटनगर १ असोज । बिरामीको चापलाई हेर्दै विराटनगरस्थित कोसी अञ्चल अस्पतालले अस्पतालमा १३ बेड थप गरी सेवा विस्तार गरेको छ । अस्पतालले हाडर्जोनी विभागमा १३ बेड थप गरी सेवा विस्तार गरेको कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रोशन पोखरेलले जानकारी दिए । हाडजोर्नी विभागमा जम्मा १७ बेड रहेकोमा अब थप गरेकोसँगै ३२ बेड सञ्चालनमा रहेको छ । अस्पतालको आन्तरिक स्रोतबाट खाली रहेको भवनलाई मर्मतसम्भार गरी बेड थप सेवा विस्तार गरिएको हो
कोसी अञ्चल अस्पताललाई क्षेत्रीय अस्पतालको रूपमा विकास गर्ने नेपाल सरकारको रणनीतिअनुसार सेवा विस्तार हँुदै आएको हो । अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा गरी एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । एक नम्बर प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको कोसी अञ्चल अस्पतालले छुट्टै भवनमा हाडर्जोनी सेवा सञ्चालनमा ल्याएको छ । सेवा थप विस्तार गरेपछि उपचारमा सहज हुुने जनाइएको छ । यसअघि बिरामीको चाप धेरै हुुने र अस्पतालको बेड नहुुने समस्याले उपचारमा कठिनाइ हँुुदै आएको थियो ।
प्रतिक्रिया