शिक्षामा माफियाकरणको लगानी भयो : महर

11147012_897162103686229_5794766677161129154_n

नेपालमा विभिन्न समयमा शैक्षिक मुद्दा उठ्ने गरेका छन् । तीमध्ये विद्यार्थी संगठनले प्रमुख रूपमा शैक्षिक मुद्दालाई बढी उठाउने गरेको पाइन्छ । उनीहरूले नेपालको शैक्षिक रूपान्तरण गर्न बेलाबेलामा आन्दोलन पनि गरे । तर, ती विद्यार्थी संगठनले उठाएका शैक्षिक मुद्दा जहाँका त्यहीँ छन् । तिनमा कुनै परिवर्तन हुन सकेको छैन । किन नेपालको शैक्षिक आन्दोलनबाट उपलब्धी भएको शैक्षिक गुणस्तर सुध्रन सकेको छैन । यिनै विषयमा विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहनुभएका नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसँग सौर्य दैनिकका लागि गरिएको कुराकानी ।

नेपालको शैक्षिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

नेपालको शैक्षिक अवस्था सुधार गर्न खोजिएको छ । राणा र पञ्चायतकाल हँुदै अहिले नेपालको शैक्षिक अवस्था सुधारोन्मुख रहेको छ । अहिले पनि सबैको पहुँचमा शिक्षा पुग्न सकेको छैन । पैसा हुने र नहुनेका लागि २ खाले शिक्षा प्रणाली रहेको छ । त्यो भनेको गरिब र धनीले लिने शिक्षा हो । त्यो हाम्रोजस्तो मुलुकमा फरक रहेको छ । पैसा हुनेले राम्रो र नहुने गुणस्तरहीन शिक्षा लिइरहेका छन् । राज्यबाट नै २ खाले शिक्षा प्रदान गरिरहेको छ । यो ठूलो असमानता हो । समग्रमा नेपालका शिक्षा प्रणालीबाट कोही पनि सन्तुष्टि छैन ।

तपाईंले भनेको जस्तो २ खाले शिक्षालाई कसरी अन्त्य गर्न सकिन्छ ?
पहिलो कुरालाई भित्रै मनदेखि नै नेपालको शिक्षा प्रणाली सुधार गर्नु भन्ने हुनुप¥यो । त्यो भएपछि एकैछिनमा शिक्षा प्रणालीमा सुधार ल्याउन सकिन्छ । अर्को कुरा हाम्रो प्रारम्भदेखि नै शिक्षामा असमानता रहेको छ । सहरमा मन्टेस्वरीका नाममा एक थरिको प्रारम्भिक कक्षा सञ्चालन रहेको छ भने गाउँमा प्रारम्भिक बालविकास भनेर कक्षा सञ्चालन भइरहेका छन् । तर, गाउँघरमा पढाइने बालबालिकालाई खाजाको व्यवस्था छैन । जसले गर्दा उनीहरू राम्रोसँग पढ्न सकेका छैनन् ।

साना वालबालिकामा राम्रो नपढ्दा जग बलियो नहुने भएकोले माथिको पढाइ नै बिग्रने गरेको छ । राज्यको शिक्षामा भनेजस्तो लगानी नभएको कारणले २ थरिको शिक्षा देखिएको हो । यस्तो किसिमको २ खाले शिक्षा अन्त्य गर्नका लागि अभियान सञ्चालनको आवश्यक छ । त्यसका लागि सबै विद्यार्थीलाई गोलबद्ध गराई २ खालको शिक्षा अन्त्य गर्न पहल गर्दछौँ । यसको अगुवाई नेविसंघले गर्नुपर्दछ ।

गुणस्तरीय शिक्षा सुधार्न के गर्नु आवश्यक छ ?
अहिले शिक्षालाई पूरै परिवर्तन गर्नुपर्दछ । अहिलेका पाठ्यक्रम रूपान्तरण गरेर प्रविधियुक्त शिक्षा भयो भने गुणस्तर शिक्षा ल्याउन सकिन्छ । हाम्रै पहलकदमीमा ७ सय ५३ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न माग गरेका छौँ । त्यो अनुसार सरकारलाई स्थापना गर्न घचघचाइरहेका पनि छाँै । विद्यार्थीलाई उच्च शिक्षाका लागि निःशुल्क रूपमा प्राविधिक शिक्षा दिनेसके विद्यार्थी आपैmँ स्वरोजगारमुखी बन्नेछन् र गुणस्तरमा सुधार आउनेछ ।

अर्को कुरा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर पनि बढाउनु प¥यो । यसैगरी विश्वविद्यालयलाई नयाँ शैक्षिक कार्यक्रम ल्याउन जरुरी रहेको छ । अनुसन्धान र प्राविधिक शिक्षा त्रिविले लागू गर्नुपर्दछ तर त्यो हुन सकेको छैन । हामीले बारम्बार भनिरहेका छाँै । अझै पनि पुरानो पाठ्यक्रम नभई नयाँ पाठ्यक्रमबाट विद्यार्थीले अनुसन्धानमुखी शिक्षा प्रणाली दिनु जरुरी रहेको छ ।

त्रिविलाई सेन्टर फर एक्सलेन्सीको रूपमा विकास गर्नुपर्दछ । १५ देखि २० प्रतिशत क्याम्पस तहमा पढ्ने विद्यार्थीलाई त्रिविले अनुसन्धानमुलक शिक्षा दिने हो भने सबै स्वयं रोजगारी हुन्छन् । जसले गर्दा पढेर बेरोजगार बस्नुपर्ने प्रथाको अन्त्य हुनेछ । यस्तै खुला विश्वविद्यालयको अवधारणालाई पनि अघि सार्नु पर्दछ ।

अबको शिक्षाबाट विद्यार्थीलाई कसरी स्वरोजगारमुखी बनाउन सकिन्छ ?
अहिलेको शिक्षाले विद्यार्थीलाई बेरोजगार मात्र बनाएको छ । तैपनि अहिलेको सर्टिफिकेटलाई लोनमा राखेर केही हदसम्म भए पनि विद्यार्थीलाई स्वरोजगार बनाउन सकिन्छ । अहिले पहिले पढेका शिक्षाबाट विद्यार्थीलाई रोजगार बनाउने माध्यम यो पनि एक हुन सक्दछ । स्नातकोत्तर, स्नातक, प्रविणता तह र एसएलसी सर्टिफिकेट राखेर लोनको व्यवस्था गर्ने हो भने धेरै विद्यार्थी रोजगार हुन्छन् । अहिले सिरानीमा राख्नु परेका ती सर्टिफिकेटबाट विद्यार्थी स्वरोजगार हुने थिए । अनेरास्ववियुसहित अहिले हामी यो अभियानमा छाँै । सरकारको गतवर्षको नीति कार्यक्रममा परेको यसलाई पूर्णता दिनुपर्दछ ।

कहिले हुन्छ रूपान्तरण नेपाली शिक्षामा ?
रूपान्तरण भइरहेको छ । तर, कायापलट हुन सकेको छैनन् भन्ने हो । ०१६ सालमा स्थापित मुलुकको जेठो क्याम्पस ०३७ साल हुँदै ०४६ र ०६३ मा राजनीतिक परिवर्तनसँग शिक्षा पनि रूपान्तरण हुन खोजेको छ । तर, व्यवहारमा भने हुन सकेको छैन । त्यो भनेको हाम्रै कारणले हो । माफियाकरणका कारण नेपालमा शिक्षाको रूपान्तरण हुन नसकेको हो ।
जसले पनि शिक्षामा लगानी गर्न पाउनुपर्छ भन्ने व्यवस्था गलत भएको छ । राजनीतिक गर्नेदेखि लिएर सरकारी कर्मचारीले शिक्षामा लगानी गर्दा शिक्षामा माफियाकरण बढेको हो । कसकसले शिक्षामा लगानी गर्ने भनेर निश्चित क्राइट एरिया बनाउनु पर्दछ । तर, त्यो हुन नसक्दा पनि शिक्षा लथालिंग भएको हो ।

रूपान्तरण गर्नमा बढी दोषी को हो ?
राज्य पक्षको दाषी नै हो । अर्को कुरा जनता पनि हुन् । शिक्षामा जनतालाई प्रत्यक्ष सहभागिता गराउनु पर्दछ । हामी हाम्रा विद्यार्थीलाई स्कुलमा भर्ना गरेदेखि एकपटक पनि विद्यालय जाँदैनौँ । त्यो विद्यार्थीले कसरी पढेको छ कसले पढाउँछ भन्ने कुराको हामीलाई मतलब हुँदैन । जनता सहभागिता भएको भयो भने शिक्षामा आमूल परिवर्तन आउँछ । तर, अहिलेसम्म त्यस्तो व्यवस्था गर्न सकिएको छैन । देशमा प्रजातन्त्र, लोकतन्त्र आइसके पनि शिक्षामा अभैm आउन सकेको छैन । प्रजातन्त्र भनेको जनताको प्रत्यक्ष सहभागिता हो । तर, खोई हाम्रो शिक्षामा जनताको सहभागिता नै देखिँदैन । त्यसैले जनता जागरण नभएसम्म शिक्षामा परिवर्तन सम्भव छैन ।

जनता जागरण गराउनका लागि के गर्नुहुन्छ त ?
हामीले अब ७ सय ५३ स्थानीय तहमा अभिभावक जागरण अभियान सञ्चालन गर्नेछाँै । अभिभावकले पनि आफ्ना बालबच्चाको पढाइ विद्यालयमा गएर जान्नका लागि उनीहरूलाई प्रशिक्षत गर्नेछाँै । यसबाट केही हदसम्म भए पनि अभिभावक जागरुक भएर शिक्षाको गुणस्तरमा ध्यान जानेछ ।

तपार्इं नेतृत्वमा आएको एक वर्ष भयो । के कस्तो रह्यो तपार्इंको कार्यकाल ?
म नेतृत्वमा आइसकेपछि सर्वप्रथम ८ वर्षदेखि हुन नसकेको स्ववियुको निर्वाचन भयो । छिटफुटबाहेक धेरै ठाउँमा स्ववियु निर्वाचन भयो । यो विद्यार्थी आन्दोलनको महत्वपूर्ण उपलब्धीको रूपमा रहेको छ । मेरै पालामा अक्षरांकन प्रणालीमा परीक्षाफल प्रकाशित हुन थाल्यो । त्रिवि लगायतले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू ग¥यो ।

यस्तै संगठनलाई चुस्तदुरुस्त बनाउने काम पनि मैले गरेँ । रोकिएका विभिन्न ११ जिल्लाको अधिवेशनमा सम्पन्न हुने क्रममा रहेका छन् । खुला विश्वविद्यालयको विधेयक आयो । अब चाँडै नै खुल्दछ । यस्तै सुदूर र मध्यपश्चिमलाई प्रर्याप्त मात्रामा बजेट छुट्टाउने काम भयो । दिगो विकासको लक्ष्य प्राप्तिका लागि नेविसंघ सयुक्त राष्ट्रसंघको युवा महासभामा सहभागी भयाँै । यो हाम्रो ठूलो उपलब्धी हो ।

अब नेविसंघलाई कस्तो बनाउने ?
नेविसंघलाई संघीय संरचनामा लैजाने तयारी गरेका छौँ । प्रदेशमा पनि नेविसंघको कमिटी रहन्छ । अब नेविसंघको महाधिवेशनमा पनि पहिलेजस्तो १ हजार ५ सय जति प्रतिनिधि आउँदैनन् । प्रदेशबाट चुनिएका ५÷७ सय प्रतिनिधिमार्फत पनि अब केन्द्रीय महाधिवेशन हुन्छ ।

हाम्रो नयाँ महाधिवेशन पनि आउँदै छ । संघ र प्रदेशको निर्वाचनपछि हामी महाधिवेशनको तयारीमा लाग्दछाँै । त्यसपछि नयाँ नेतृत्व नेविसंघमा आउँछ । त्योभन्दा अगाडि संगठनलाई चुस्तदुरुस्त राख्नु छ । संगठनको शुद्धीकरण अभियानलाई पनि मैले मुख्य प्राथमिकता राखेको छु । नेविसंघ अब गुन्डा नभई युवा विद्यार्थीको संगठन हुनेछ । नैतिकतावान युवा जन्माउने थलोको रूपमा नेविसंघ रहनेछ ।

प्रतिक्रिया