प्रदेश र संसदको निर्वाचन २ चरणमा, मंसिर २१ गते दोस्रो चरणको चुनाव

Pm-officeकाठमाडौं, १४ भदौ । सरकारले प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जनाएका छन् । यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले दुई चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने भनि सरकारलाई दिएको सुझावको आधारमा दुर्इ चरणामा गर्ने निर्णय भएको बताइएको छ ।

दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग परामर्शको आधारमा यसबारे थप निर्णय लिइने बस्नेतले बताए ।

बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने बताए । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा विपद आयोग गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

जुन संवैधानिक परिषदबाट सिफारिस गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया