ताम्राकार हाउसमा मोबाइल अफर

Tamrakar Mobile houseकाठमाडौं १३ भदौ । ताम्राकार मोबाइल कम्प्लेक्सले दसैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । २२ भदौदेखि मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले बताए  सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको उनले बताए । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका विभिन्न ब्रान्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दसैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरूले ल्याएका अफर तथा उपहार पनि पाइनेछन् ।  दसैं तथा तिहारको अवसर पारी विभिन्न ब्रान्डका मोबाइल फोनको खरिदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रूपमा टिभी, मोबाइल र पावर बैंकलगायत क्यास ब्याक सहितका उपहार पाउने व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । मोबाइल मेला अवधिभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआई, लाभा, सोनी, आइफोन, जेडटिई, ओप्पो, कुलप्याड, वानप्लस, एमआइलगायत सबै ब्रान्डका मोबाइल कारोबार हुनेछ ।

प्रतिक्रिया