देवः विकास बैंकको शाखा स्थानान्तरण

DEV Bikasd bankकाठमाडौ १३ भदौ । देवः विकास बैंकको नयाँ सडकमा रहेको कार्यालय फ्रेस हाउस बिल्डिङमा स्थानान्तरण गरिएको छ । शाखा कार्यालयको नयाँ स्थानबाट प्रदान गरिने सेवाको काठमाडाैं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक समारोहबीच शुभारम्म गरेका हुन् । बैंकका सञ्चालक समितिका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्यको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्वागत मन्त्व्य दिँदै यस क्षेत्रका आर्थिक गतिविधिलाई विस्तार गर्न सहज एवं सुविधाजनक रूपमा बैंकिङ सेवा उपलब्ध गराउन बैंक क्रियाशील रहेको बताए ।

उद्घाटन कार्यक्रममा विशेष मन्त्व्य दिँदै काठमाडाैंका महानगरपालिकाका प्रमुख शाक्यले महानगरको सर्वांगीण विकासका लागि बैंकिङ क्षेत्रले खेलेको भूमिकाको चर्चा गरे ।  बैंकको आव ०७३÷०७४ को असार मसान्तसम्ममा १० अर्ब ४१ करोड निक्षेप संकलन तथा ९ अर्ब ५८ करोड कर्जा प्रवाह गरी आव ०७३÷०७४ को अन्त्य सम्ममा ४१ करोड ८५ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया