सिरियाबारे छलफल गर्न राष्ट्रसङ्घका प्रतिनिधि इरानमा

तेहरान, १२ भदौ । संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि स्टेफेन डे मिस्टुराँले सिरियाली सङ्कटबारे इरानका उच्च अधिकारीसँग छलफल गर्न आइतबार इरान पुगेका छन् ।

प्रेस टिभीले जनाए अनुसार मिस्टुराँले इरानी उच्च पदाधिकारी लगायत विदेशमन्त्री मोहम्मद जावेद जरीफ र अरब तथा अफ्रिका मामिला हेर्ने उप विदेशमन्त्री हुसेन जावेरी अन्सारीसँग सिरियाको राजनैतिक सङ्कटबारे समाधानको प्रयास स्वरुप छलफल गर्ने बताईएको छ ।

उनको भ्रमण नयाँ चरणकको सिरिया शान्तिवार्ता हुने तयारी भइरहेको समय भएको र यसमा इरानको भूमिकाबारे केन्द्रित हुनेछ । मध्य सेप्टेम्बरमा काजकस्तानको राजधानी अस्तानामा हुने एजेण्डा तय गर्न महत्वपूर्ण रहने बताइएको छ ।

प्रतिक्रिया