एडभान्सएडको शिक्षा नेपालमा लागू गर्न सम्मेलन

Ganga-Lal-Tuladharकाठमाडौँ, ११ भदौ । म्यानेजमेन्ट इन्स्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड), नेपालले एडभान्सएडको शिक्षा नेपालमा लागू गर्न सम्मेलन आयोजना गरेको छ ।

माइण्ड नेपालले अन्तर्राष्ट्रियस्तरको उच्च माध्यमिक शिक्षा प्रदायक शैक्षिक संस्था (एडभान्सएड)लाई नेपालमा लागू गर्न आइतबार राजधानीमा सम्मेलन गरेको हो ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले नेपालको शिक्षाको विकासका लागि एडभान्सएड सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

“उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने र स्वदेशको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ,” तुलाधरले भने ।

एडभान्सएडका एशिया-अष्ट्रेलियाका लागि उपाध्यक्ष डा. केम हुसैनले नेपालको शिक्षा सुधारका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

“एडभान्सएडको कार्यक्रमले विश्वभर सफलतापूर्वक पहिचान कायम गरेको छ, यो अवसरलाई नेपालका विद्यालयले पनि सफलतापूर्वक लागू गरी गन्तव्यमा पुग्नेछन्,” डा. हुसैनले भने ।

माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यमिक एवं माध्यमिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि सम्मेलन आयोजना गरिएको बताए ।

एडभान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यमिक विद्यालय तथा माध्यमिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया