क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरु

Akhil-Krantikariकाठमाडौँ, ११ भदौ । नेकपा माओवादी केन्द्र निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को नयाँ नेतृत्वका लागि आइतबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

बुधबारदेखि सुरु क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आइतबारदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए ।

उनका अनुसार आइतबार मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ ।

आइतबारै निर्वाचन मनोनयन भएपछि मंगलबार ३३ पदाधिकारीसहित २३४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ । आइतबार निर्वाचन गर्ने भनिए तापनि समयाभावका कारणले मंगलबारका लागि सारिएको हो ।

क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हुँदैछ । अध्यक्षका लागि रञ्जीत तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन चुँडालले दाबी गरेका छन् ।

निर्वाचन प्रक्रियामा दुई हजार ३४ प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया