घर भत्किँदा एक महिलाको मृत्यु

दैलेख, ९ भदौ । दैलेख बजारमा बिहीबारराति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । स्थानीयवासी रेशम थापाको घर भत्किँदा नारायण नगरपालिका-११ का ४५ वर्षीया दीपा चन्दको मृत्यु भएको हो ।

सो घटनामा परी सोही ठाउँका ३५ वर्षीया विन्दु शाही र १२ वर्षीया मुना शाही घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया