प्रधानमन्त्री देउवा हैदरावाद जाँदै

deuwaaनयाँदिल्ली, ९ भदौ । मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार दिउँसो १२ बजे विशेष चार्टर्ड विमानबाट हैदरावाद प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवाले हैदरावादमा रहँदा त्यहाँस्थित हाइटेक सिटी अवलोकन गरी सूचना प्रविधिका क्षेत्रमा भएको प्रगतिको बारेमा जानकारी लिनेछन् । प्रधानमन्त्री देउवासँग शुक्रबारै साँझ तेलंगना तथा आन्ध्र प्रदेशका राज्यपाल इएसएल नरसिंहनले शिष्टाचार भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया