यी भारतीय साधु जो पछि बदनाम भए

एजेन्सी
नयाँदिल्ली । मोक्ष प्राप्ति, परमात्मासँग मिलन र परलोकमा आफ्नो राम्रो बनाउन हाम्रो दर्शनले विशेष जोड दिन्छ । अनादिकालदेखि अहिलेको समयसम्म सामान्यदेखि विशेष साधुसंतसँगको उठबस हिन्दू धर्मको विशेषता रहँदै आएको छ । यो बेग्लै कुरा हो कि धर्मको नाममा केहीले आफूलाई भगवान् घोषित गरेर मान्छेको आँखामा छारो हाल्ने कोशिस गर्दै आएका पनि छन् । यस्ता नामधारी साधुसंतको संगतले मान्छेलाई यस्तो पनि लाग्न थाल्यो कि परलोक सुधार्न योभन्दा अर्को साधन केही हुन सक्दैन । यस्ता स्वघोषित भगवान्हरूले धर्मका नाममा यस्तो कुकृत्य गर्छन् कि त्यो न नैतिक हो, न कानुनी न त यसका पछि कुनै आध्यात्मिक कारण छन् । लाखौँ अनुयायीलाई आफ्नो आश्रममा राख्ने एक भारतीय साधु गुरमित रामरहिम यस्तै एउटा पात्र हुन् । जो अहिले एक जना साध्वीको लफडामा परेका छन् । तर, उनी मात्र होइन्् केही त्यस्ता साधु पनि चर्चामा छन् जो आफ्नो प्रवचनभन्दा कुकृत्यबाट बढी चर्चामा छन् ।

asharambapu

आशाराम बापु

यो नामबाट कोही अपरिचित नहोलान् । आफ्ना समर्थक माझ प्रख्यात आशाराम बापु इहलोकभन्दा परलोक सुधार्ने कुरा बताउँथे । जब संसारलाई उनको बारे आश्चर्यमा पार्ने जानकारी प्राप्त भयो तब सेतो कपडामा बेरिने यी साधुको अनुहार ओइलाएको देखिन थाल्यो । सन् २०१३ मा आशाराम बापुलाई आरोप लाग्यो कि उनले एक नाबालिक केटीसँग यौन सम्बन्ध राख्न खोजे । पीडित केटीको आरोप थियो कि आशाराम बापु उनीसँग यौनसम्बन्ध राख्न दबाब दिन्थे । तर, आशारामले यो आरोप अस्वीकार गरेका छन् । यो बाहेक १६ डिसेम्बर २०१२ मा निर्भयासँग भएको लफडामा उनले निर्भयालाई नै दोषी ठह¥याएका थिए । आशारामले भनेका थिए ५ ÷६ जना व्यक्ति दोषी हुन सक्दैनन् । निर्भयाले आफ्नो अपराधका लागि दयाको भिख माग्नुपथ्र्यो । यदी निर्भयाले यसो गरेको भए उनको इज्जत मात्र बच्दैनथ्यो, उनको ज्यान पनि सुरक्षित हुन्थ्यो । आशारामले निर्भयालाई अदालतमा भनेका थिए, ‘ताली एक हातले मात्र बज्दैन ।’

chandraswami

चन्द्रास्वामी
विवादमै रहने चन्द्रास्वामीलाई पनि कुनै परिचयको जरुरी छैन । उनी पनि आफ्नो दर्शनले जत्तिकै आफ्नो कुकृत्यले चर्चामा रहे । चन्द्रास्वामी अब यो संसारमा छैनन् । भनिन्छ पूर्वप्रधानमन्त्री पिबी नरसिंहरावसँग उनको ‘तँतँ र मम’ चल्थ्यो । यसबाहेक बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर, अभिनेत्री एलिजावेथ टेलरलाई उनी अध्यात्मिक सल्लाह दिन्थे । उनी अत्यधिक विवादित त्यसबेला बने जब उनको नाम राजीव गान्धी हत्याकान्डमा मुछियो । बेलायती व्यापारी लखुभाई पाठकसँग ठगीको मुद्दा चल्यो ।

nityanand

स्वामी नित्यानन्द
दक्षिण भारतका साधुसंत पनि यस मानेमा कम रहेनन् । दिउँसोको उज्यालोमा आफ्ना अनुयायीलाई आत्मालाई परमात्मासँग मिलन गराउने बाटो देखाउँथे स्वामी नित्यानन्द । तर, रातको अध्याँरो उनका अनुयायीलाई चुक घोप्ट्याएको जस्तै निष्पट्टे हुन्थ्यो । नित्यानन्दलाई उनकी एक शिष्यको आरोप थियो कि उनी ज्यान मार्ने धम्की दिएर यौन प्यास मेट्थे । यसबाहेक उनको बेंगलौरस्थित आश्रममा छापा मार्दा कन्डम र गाँजा बरामद भएको थियो । यस्तो आरोप लगाइन्छ कि उनी तान्त्रिक विधिबाट यौनसम्बन्ध राख्न अत्यधिक दबाब दिन्थे ।

rampal(1)

सन्त रामपाल
देश विदेशमा आध्यात्मको ज्योती बोकेर हिँड्नुभन्दा पहिले सन्त रामपाल सिँचाइ विभागका इन्जिनियर थिए । सन् २०१४ मा ३० घन्टाको दाहोरो गोली हानाहानपछि प्रहरीले उनलाई उनकै हरियाणस्थित सतलोक आश्रमबाट पक्राउ ग¥यो । उनी दर्जनाँै अपराधका घटनामा दोषी पाइए ।

प्रतिक्रिया